डेंगु संक्रमितको संख्या ५ सय नाघ्यो, प्रकोप झापा, मोरङ, सुनसरी,धनकुटा र उदयपुरसम्म

डेंगु संक्रमितको संख्या ५ सय नाघ्यो, प्रकोप झापा, मोरङ, सुनसरी,धनकुटा र उदयपुरसम्म

विराटनगर, १८ असार । प्रदेश १ मा डेंगु रोगीको संख्या ५ सय नाघेको प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताएका छन्। प्रदेशभाको बुधबार बसेको बैठकमा सांसदहरूले शून्य समयमा उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री घिमिरेले यस्तो बताएका हुन्।

पहिलो चरणमा धरानमा देखिएको डेंगुको प्रकोप हाल झापा, मोरङ, सुनसरीका साधै धनकुटा र उदयपुरसम्म फैलिएको उनले बताए । यस्तै मन्त्री घिमिरेले डेंगु फैलिएको बाहनामा जनतामा त्रास फैलाउने, महँगो शुल्क लिने र अनुचिल लाभ लिनखोज्ने अस्पताल, चिकित्सक तथा सरोकारवालाई प्रदेश सरकारले सचेत गराएको पनि सदनलाई जानकारी दिए।

यस्तै, बालशिक्षिकालाई प्रोत्साहन गर्न प्रदेश सरकारले टोकन मनिको व्यवस्था गरेको, निजी विद्यालयका शिक्षकहरुको पारिश्रमिम श्रम ऐन अनुसार दिने निर्देशन गरेको पनि मन्त्री घिमिरेले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्