विराटनगरमा प्रदेश स्तरिय रोजगार मेला, पहिलो चरणमा १ हजार २ सयलाई रोजगारी दिईने

विराटनगरमा   प्रदेश स्तरिय रोजगार मेला, पहिलो चरणमा १ हजार २ सयलाई रोजगारी दिईने

विराटनगर, १८ असार ।

प्रदेश १ मा रहेका बेरोजगार युवालाई सीप र क्षमता अनुसारको रोजगारको व्यवस्था प्रदेश सरकारले गर्ने भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा १ हजार २ सय बेरोजगार युवालाई रोजगारमा जोड्ने भएको हो। सामाजिक विकास मन्त्रालयले प्रथम प्रादेशिक रोजगार मेला आयोजना गरेर बेरोजगार रहेका युवालाई रोजगारसम्म जोड्ने कामको सुरूवात अगाडि बढाएको छ।

बेरोजगार युवालाई रोजगारमा जोड्न सामाजिक विकास मन्त्रालयले ‘प्रथम प्रादेशिक रोजगार मेला २०७६’ आउँदो असार २८ गते विराटनगरस्थित जैन भवनमा गर्दैछ। रोजगारदाता र वेरोजगार जनशक्ति बीचको पुलको काम प्रदेश सरकारले गरेको मन्त्री जीवन घिमिरको भनाइ थियो। प्रथम प्रादेशिक रोजगार मेलाबाट १ हजार २ सय जनाले बेरोजगारले रोजगार पाउने मन्त्रालयले अपेक्षा राखेको छ। प्रदेश सरकारले वेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले  रोजगार मेला आयोजना गरेको मन्त्री घिमरेले बताए।

रोजगार मेलामा सहभागि हुने बेरोजगार जनशक्तिको लागि मन्त्रायले अनलाइनमार्फत पनि फारम भर्ने व्यवस्था मिलाएको छ। रोजगार मेलामा सहभागि हुनेका लागि मन्त्रायले असार १७ देखि २४ गते साझसम्म रोजगारी आवेदन फारम खुल्ला गरेको पनि जानकारी गराएको छ। रोजगारी आवेदन फारम भर्न प्रदेश १ मा रहेका प्रत्येक स्थानीय तहसँग समन्वय गरि रोजगार संयोजनमार्फत फारम भर्न मिल्ने मन्त्रालयले जनाएको छ। रोजगार फारम भर्नेले मात्र रोजगार मेलामा सहभागि हुन पाउँछन्।

रोजगार मेलाको मूल समितिमा जिल्ला प्रशासन कार्यालय मोरङ रोजगार शाखा, विराटनगर महानगरपालिका, मोरङ प्रहरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र इटहरी, नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ। प्रथम रोजगार मेला आयोजना गर्न सामाजिक विकास मन्त्रायले २५ लाख रूपैयाँ बजेट बिनायोजन गरेको छ। रोजगारदाताबाट प्रदेश सरकारलाई  करिब १ हजार २ सय विभिन्न पदहरूमा रोजगार गर्ने जनशक्तिको माग आएको सामाजिक विकास मन्त्रायले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्