विश्वकप क्रिकेट : आज अफगानिस्तान र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दै

विश्वकप क्रिकेट : आज अफगानिस्तान र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दै

एजेन्सी । आईसीसी एकदिवशीय विश्वकप क्रिकेट अन्तर्गत आज (बिहिबार) एक खेल हुँदैछ । हेडिङले कार्र्जीमा अफगानिस्तान र वेस्ट इन्डिज प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बाट सुरु हुनेछ । आजको खेलमा अफगानिस्तानलाई जित निकाल्दै प्रतियोगिताबाट विदा हुने अवसर छ ।

यसअघि भएका आठ खेलमा पराजित अफगानिस्तान प्रतियोगितामा अन्तिम खेल खेल्दैछ । अन्तिम खेलमा जित निकाल्दै विदा हुने अफगानिस्तानको लक्ष्य छ । यता प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दा पनि अन्तिम चारमा स्थान बनाउन नसकेको वेस्ट इन्डिज आजको खेलमा जित निकाल्दै प्रतियोगिताबाट विदा हुन चाहन्छ ।

समान आठ खेल खेलेका अफगानिस्तान विना अंक तालिकाको पुछारमा छ भने आठ खेलमा एक जित र एक बराबरी खेल्दै ३ अंक सहित वेष्ट इन्डिज तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्