जोगवनीका नागरिकले दिए रेल यात्रा समस्या समाधान गर्न रेलमन्त्रीलाई ज्ञापनपत्र

जोगवनीका नागरिकले दिए रेल यात्रा समस्या  समाधान गर्न रेलमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, १९ असार । नेपाल–भारत सीमा क्षेत्र जोगवनीमा रहेको रेलमा यात्रा गर्दा र रेल स्टेशनमा भई रहेको समस्याहरुको सुधारको लागि माग राख्दै जोगवनीका नागरिकले रेल मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् । भारत–नेपाल सामाजिक संस्कृतिक मंचले रेल मन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । जोगवनी रेल स्टेशनबाट दैनिक हज्जारौ भारतीय र नेपाली नागरिकहरुले यात्रा गर्दै आएका छन् । रेल यात्राको क्रममा आम नागरिक र खास गरी महिलाले भोग्दै आएको समस्याको स्टेशनको समस्या समाधान गर्न उनीहरुको माग छ ।

जोगवनी–कटिहार रेल खण्डमा यात्रीहरु टे«नको ठाउँमा डेमु परिचालन गरेको छ । जसमा बृद्धबृद्धा, महिला, बालवालिकाहरुलाई समस्या हुँदै आएको समेत ज्ञापन पत्रमा उल्लेख गरिएको छ । भारत नेपाल सामाजिक संस्कृति मंचको भारत अध्यक्ष राजेश कुमार शर्माले जोगवानी लामो दुरीको रेल हप्तामा एक पटक र कोलकताको लागि हप्ताम तीन पटक भएकोले यसवाट नेपाल भारतका यात्रीहरुलाई सहज भएको बताए ।
चितपुर एक्सप्रेसलाई प्रति दिन जोगवनी देखि पटनासम्म इन्टरसिटी एक्सप्रेसको परिचालन गर्नको लागि पहल गर्नुका साथै जोगवनी स्टेशनमा महिला सुरक्षाकर्मीका व्यवस्था, रेलको पार्किङ्गमा सीसी क्यामराकोे व्यवस्था माग गरिएको शर्माले जानकारी दिए ।
सो ज्ञापनपत्र भारत नेपाल सामाजिक संस्कृति मंच भारत अध्यक्ष राजेश कुमार शर्मा र नेपाल अध्यक्ष प्रिति झा र बृहत मधेशी नागरिक समाजको अध्यक्ष सुर्यनाथ प्रसाद सिंहले हस्ताक्षर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्