मोरङमा असार २१ गते पथरीबाट स्वस्थ जीवन अभियान शुरु हुने

मोरङमा असार २१ गते पथरीबाट स्वस्थ जीवन अभियान शुरु हुने

विराटनगर, १९ असार ।
स्वास्थ्य प्रवद्र्धन अभियान मोरङको पथरीबाट शुरु हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा स्वस्थ जीवन अभियानको बारेमा जानकारी दिएको हो । स्वस्थ्य जीवन कार्यक्रम अनुसार २१ गते पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा स्वास्थ्य कार्यालयले कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।

कार्यक्रमको बारेमा जानकारी दिँदै स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले अभियान सफल पार्नका लागि सिताराम कट्टेल धुर्मुसलाई बोलाईएको बताए । सामाजिक विकास मन्त्रीको प्रमुख आतिथ्यतामा शुभारम्भ हुने स्वास्थ्य जीवन प्रवद्र्धन अभियानलाई मोरङ जिल्लामा मात्र नभई प्रदेशका सबै स्थानीय तहमा पुर्याउने उदेश्य रहेको बस्नेतले जानकारी दिए ।
अभियान अन्तरगत योग शिविरबाट अभियान शुरु गर्ने तयारी रहेको स्वास्थ्य कार्यालयका अधिकृत उत्सव पोखरेलले बताए । स्वस्थ जीवन अभियानको शुभारम्भसँगै स्वास्थ रहनको लागि अपनाउनु पर्ने आनीवानीको बारेमा जानकारी दिईने छ । स्वस्थ जीवन अभियान अन्तरगत प्रदेश भित्र ६० लाख बजेट बिनियोजन गरिएकोले त्यही अनुसार जिल्लामा ३ लाख ८० हजार स्वास्थ्य प्रवद्र्धनको लागि बजेट छुट्याईएको जानकारी दिए ।
अभियानको क्रममा धुर्मुस सुन्तली आएपछि आम नागरिकको उपस्थिती बाक्लो हुने र त्यसबाट स्वस्थ जीवनको बारेमा जानकारी दिनको लागि सहज हुने कार्यालयको ठम्याई छ । प्रदेश सरकारको स्वास्थ्य अभियान सद्भावना दुतको रुपमा धुर्मुस सुन्तलीलाई तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्