विराटनगरमा जनशक्ति उत्पादक र रोजगारदाता विच समझदारी पत्रमा हस्ताक्षर

विराटनगरमा जनशक्ति उत्पादक र रोजगारदाता विच समझदारी पत्रमा हस्ताक्षर

विराटनगर, १९ असार ।
उद्योग संगठन मोरङ र विराटनगर ईन्टरनेशनल कलेज वीच ईन्टर्नसिप र प्लेसमेन्टको अवसरका सम्वन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

संगठनका कार्यवाहक अध्यक्ष सुयश प्याकुरेलले उद्योग व्यवसाय क्षेत्रले सदैव दक्ष र अनुभवी जनशक्तिले अभाव भोगीरहने भएकाले आगामी दिनमा विराटनगर ईन्टरनेशनल कलेजले दक्ष जनशक्तिको अभावलाई पूर्ती गर्दै लैजान विश्वास व्यक्त गर्नूभयो ।

उहाले औद्योगीक करिडोरको आवश्यकतालाई वुझ्न कलेज व्यवस्थापनले उद्योग/ व्यवसायसंग सम्वन्धीत संघ संस्थासंग नीरन्तर सम्वाद गर्नू पर्ने धारणा राख्नु भयो । कार्यवाहक अध्यक्ष प्याकुरेलले विषयगत जनशक्तिलाई औद्योगिक क्षेत्रले कार्यगर्ने अवसर दिई उहाहरुलाई आफ्नो क्षेत्रमा दक्षता अभिवृद्धि गर्न अवसर दिनु पर्ने जोड दिनुभयो ।

विराटनगर इन्टरनेशनल कलेजका प्रमुख कार्यकारी ऋषिकेश वाग्लेले जनशक्ति उत्पादक र उत्पनदित जनशक्ति खपत गर्ने निकायहरु विच निरन्तर सम्वाद हुनु पर्ने वताउनु भयो । संगठन र कलेज विच भएको साझेदारीले दुवै पक्षको एक आपसको क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् । कलेजबाट उत्पादित जनशक्तिलाई ईन्टर्नसिप गर्ने अवसर दिनु पर्नेमा जोड दिँदै कलेजले श्रावणको महिनामा कलेजले गर्ने रोजगार मेलामा सहभागी हुने उद्योगी व्यसायीलाई अनुरोध गरेको छ ।

सहमती पत्रमा दुवै पक्षले निरन्तर छलफल र सम्वाद गरी सोहि अनुरुपको जनशक्ति विकासमा ध्यान केन्द्रीत गर्ने लेखिएको छ । समझदारी पत्र हस्ताक्षर कार्यक्रममा उद्योग संगठन मोरङका उपाध्यक्ष प्रदिप मुरारका, राकेश सुराना, कार्यकारिणी सदस्य नन्दकिशोर राठी, विपिन कावरा, विराटनगर ईन्टरनेशनल कलेजका बिबेक दाहाल , प्रा.डा. वेदेश लालदास, सम्झना कार्की, दिव्यश चन्द लगायतको उपस्थिति रहेको थियो ।

विराटनगर ईन्टरनेशनल कलेजमा बेलायतको बिबिएम डिग्री पढाइ हुदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्