विराटनगरका जनप्रतिनिधिलाई पोशाक किन्न १० हजार, मोवाइल खर्च मासिक १५ सय

विराटनगरका जनप्रतिनिधिलाई पोशाक किन्न १० हजार, मोवाइल खर्च मासिक १५ सय

विराटनगर,१९ असार। विराटनगर महानगरपालिकाले जनप्रतिनिधिलाई पोशाकका लागि १० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ ।

जनप्रतिनिधिहरु सुबिधाभोगी भएको गुनासो आइरहेको बेला महानगरको चौंथो नगरसभाले सबै जनप्रतिनिधिका लागि पोशाक खर्च भन्दै प्रतिव्यक्ति दश हजार दिने निर्णय गरेको हो । प्रशासनिक खर्च बढाउने क्रममा महानगरले जनप्रतिनिधिको मोवाइल खर्च भन्दै मासिक १५०० दिने निर्णय पनि गरेको छ ।

१० वडा रहेको विराटनगर महानगरपालिकामा १०० जनप्रतिनिधिहरु छन् । १०० जनाको पोशाककलागि मात्र १० लाख विनियोजन गरेका हुन् ।

भर्खरै सम्पन्न नगरसभाबाट प्रत्येक सदस्यलाई १० हजार रुपैयाँका दरले पोशाक भत्ता दिने निर्णय पारित भएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए ।

अन्य स्थानीय तहले पनि बजेट विनियोजन गरेका कारण विराटनगरले पनि बिनियोजन गरेको उनको भनाइ छ । महानगरका मेयर र उपमेयरले पोशाकका लागि छुट्याएको रकम नलिने उनले बताए ।

विराटनगर महानगरपालिकामा कर्मचारीलाई जस्तै जनप्रतिनिधिहरुलाई पनि महानगरले पोशाक तोक्ने गरी पोशाक भत्ता विनियोजन गरिएको पराजुलीले बताए ।

जनतालाई दुःख, जनप्रतिनिधिलाई सुबिधा 

महानगरपालिकाका जनप्रतिनिधि जनताको सुबिधा वृद्धिका लागि भन्दा पनि आफ्नो सुविधा कसरी बढाउन केन्दि्रत भएको उपभोक्तावादी संस्था पब्लिक फोरम विराटनगरका अध्यक्ष उत्तम ढुंगेल बताउँछन् । जनताले तिरेको करमाथि खेलवाड गर्दै जनप्रतिनिधि फजुल खर्च बढाउन केन्दि्रत भएको उनको गुनासो छ । अनलाईन खबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्