मोरङको गछिया पुलमा साँझ टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

<span class='c1'>मोरङको गछिया पुलमा साँझ टिप्परको</span> <span class='c2'>ठक्करबाट साइकल यात्रीको मृत्यु</span>

विराटनगर, १९ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका–३ स्थित गछिया खोलाको पुलमा टिप्परको ठक्करबाट बिहीबार साँझ एक जना साइकल यात्रीको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना १ क ८४०६ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको हो । दुर्घटनामा सुन्दहरैंचा–६ का ६५ वर्षीय बलराम राईको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । ठक्करबाट घाइते भएका साइकल यात्री राईको उपचारका क्रममा विराटनगरको न्युरो अस्पतालमा साँझ ७ बजे मृत्यु भएको हो ।
साइकल आफै अनियन्त्रित भएर पल्टिएपछि तीव्र गतिमा रहेको मिक्स गिट्टी लोड गरेको टिप्परले ठक्कर दिएको प्रहरीले जनाएको छ । टिप्पर र चालक ३० वर्षीय विष्णुकुमार चौधरीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्