विराटनगर, २० असार । नेपाल विद्युत प्राधिकरणले गएराती जहदा गाउँपालिकाको वडा नम्बर ७ बाट बिद्युत चोरी गर्ने ११ जनालाई नियन्त्रणमा लिएको छ । रातीको समयमा बिद्युत चोरी गर्ने ११जनालाई पक्राउ गरी ल्याएको हो ।
मोरङको दक्षिणी क्षेत्रमा बिद्युत चोरीको दर अत्याधिक भएपछि प्रहरी र नेपाल बिद्युत प्राधिकरणको संयुक्त टोलीले बिद्युत चोरी नियन्त्रण अभियान शुरु गरेको हो । चोरी नियन्त्रणल अभियान अन्तरगत गएराती ११ जनालाई पक्राउ गरिएको बिद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रका प्रमुख राजिवकुमार सिंहले बताए । मानिससँगै २ वटा मोटर र हुकिङ केवुल समेत नियन्त्रणमा लिएको छ ।