विराटनगरमा १५० सिटी सवारी चालकलाई प्रशिक्षण

विराटनगरमा १५० सिटी सवारी चालकलाई प्रशिक्षण

विराटनगर, २० असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले बिराटनगरमा कुटाउने अटो र सिटी रिक्सालाई प्रशिक्षण दिएको छ ।

नियमको पालना नगरी मनपरी चलाउने अटो र सिटी चालकलाई प्रशिक्षण दिईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । ट्राफिक प्रहरीले यात्रुको सुरक्षा, चलाउँदा ध्यानदिनु पर्ने कुरा र सवारी चालक अनुमती पत्रको बारेमा१ सय ५० जना सिटी सफारी चालकलाई प्रशिक्षण दिएका हो ।

बिराटनगर ९ मा रहेको ट्राफिक प्रहरी कार्यालयको सभाकक्षमा दुई चरण गरी सिटिसफारी चालक तथा टेम्पु चालकहरुलाई भेला गराई ट्राफिक नियम, ट्राफिक चिन्ह्र तथा सडकलाई सुरक्षित कसरी प्रयोग गर्ने बारेमा प्रशिक्षण दिएको प्रहरी निरीक्षक पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्