विराटनगरको सोम्स कलेजमा एसीसीए पढाई हुने

विराटनगरको सोम्स कलेजमा एसीसीए पढाई हुने

विराटनगर, १९ असार । सन् १९०४ मा वेलायतवाट शुरुवात भएको एशोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्टस (एसीसीए) प्रोफेसनल कोर्षको विराटनगरमा एक दिने सेमिनार आयोजना गरिएको छ ।

विराटनगर १०, मेनरोडमा रहेको स्कूल अफ म्यानेजमेन्ट स्टडिज (सोम्स) कलेजमा अध्ययन–अध्यापन गराइने उक्त कोर्ष ३ वर्ष ६ महिना अबधिको रहने जानकारी दिईएको छ । एसीसीए ग्लोबल डिग्री भएका विद्यार्थी संसारका जुनसुकै ठाउँमा कामका लागि योग्य हुन्छन् । आर्थिक गतिविधी व्यवस्थित सञ्चालनका लागि दक्ष जनशक्तिको माग बढ्दो क्रममा रहेको समेमिनारमा जानकारी दिईएको थियो ।

यस्तै वैक तथा वित्तिय र गैर सरकारी संस्थाहरुको बढ्दो संख्या सँगै यी संस्थाको आर्थिक कारोवार व्यवस्थापनका लागि पनि एसीसीएको माग रहेको जनाईएको छ । वित्तीय अनुशासन कमजोर भएका संस्थालाई चुस्त बनाउने र गतिशिल वित्तीय प्रणालीको स्थापनामा एसीसीएको भूमिका महत्वपूर्ण भएको क्याम्पस प्रमुख आर.सी. कोइरालाले बताए ।
पढ्दै गर्दा काम गर्न सकिने, पाठ्य क्रममै इन्टर्नसिप अनिवार्य गरिएको, पढाइ सकिएपछि खाली बस्नु नपर्ने, आकर्षक र तलव र अन्तराष्ट्रिय वजारमा समेत बढदो मागका कारण एसीसीए प्रति विद्यार्थी आर्कषित भएको कोइरालाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्