विराटनगर, २० असार ।
पत्रकारलाई पुरस्कार दिएको बिषयमा विवाद उत्पान्न भएपछि नेपाल पत्रकार महासंघ मोरङले पत्रकारिता पुरस्कार लिने÷दिने सम्बन्धमा निर्देशिका जारी गरेको छ ।
शुक्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले नेपाल पत्रकार महासंघ मोरङको अगुवाइमा असार १८ गते बसेको महासंघका पूर्व अध्यक्ष, पदाधिकारीहरू, सल्लाहकारहरू, प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, मधेशी पत्रकार समाज, स्वतन्त्र पत्रकार संघ, संघीय प्रेस फोरमका मोरङ जिल्लाका अध्यक्षहरू, केन्द्रीय सदस्यहरू र उपलब्ध पदाधिकारीसहित बसेको सर्वपक्षीय बैठकबाट पारितभएको नेपाल पत्रकार महासंघ मोरङको पत्रकारिता पुरस्कार लिने÷दिने सम्बन्धमा बनेको निर्देशिका–२०७६ लाई अनुमोदन गरेको हो । निर्देशिकाले मोरङ जिल्लाका पत्रकार महासंघका सबै साधारण सदस्यहरूलाई पुरस्कार लिने/दिने सम्बन्धमा मापण्ड पूरा गरेका सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसा मात्रै ग्रहण गर्न निर्देशन निर्देशन दिएको छ । साथै उक्त मापदण्ड पूरा गरेर मात्रै सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसा प्रदान गर्न सरोकारवाला सरकारी तथा गैरसरकारी संघसंस्थाहरूलाई अनुरोध समेत गरेको छ ।
पत्रकार महासंघ वा पत्रकारसम्बद्ध संस्थाहरूको निर्णायक भूमिका नरहेको पुरस्कार नदिन÷नलिन हामी सम्बद्ध सबै सरोकारवाला पक्षलाई आह्वान गर्दछौं ।
दर्ता, अक्षयकोष, विधान र कार्यविधि नभएको पुरस्कार नलिने घोषणा गर्दछौं । आफूले निरन्तर समाचार लेखिरहने निकाय वा व्यक्तिबाट पुरस्कार लिनुपरे यस्तो पुरस्कारमा पत्रकार महासंघ वा पत्रकारसम्बद्ध संस्थाहरूको निर्णायक भूमिका हुनुपर्नेछ । पुरस्कार भन्नाले सम्मान, अभिनन्दन, प्रोत्साहन र प्रशंसासमेतलाई जनाएकोछ । त्यस्तै महासंघको बैठकले सामाजिक सञ्जालमा पत्रकार महासंघका पदाधिकारी, सदस्य तथा साधारण सदस्यले पत्रकार र पत्रकारिताको सम्बन्धमा नकारात्मक टीका–टिप्पणी नलेख्ने र अभिव्यक्ति नगर्न सबै सदस्यहरूलाई पत्रकार महासंघ अपिल गरेको छ । महासंघको उक्त अपिललाई अस्वीकार गरेको खण्डमा त्यस्तो सदस्यहरूलाई विभिन्न संघ–संगठनहरूको अध्यक्षहरूसँगको परामर्शमा महासंघ मोरङ शाखाले कारबाहीको सिफारिस गर्ने नेपाल पत्रकार महासंघ मोरङद्धाा जारी बिज्ञप्तीमा भनिएको छ ।
स्थानीय संचारमाध्याममा पत्रकारका विषयमा पत्रकारले नै तथ्यहीन टीका–टिप्पणी गर्ने, मानमर्दन गर्ने गरी सामाग्री प्रकाशन÷प्रसारण नगर्न सबै सञ्चारमाध्यामलाई आग्रह गर्दै छलफलका लागि विभिन्न सञ्चारमाध्यामका सम्पादक÷प्रकाशकको भेला बोलाउने सर्वपक्षीय भेलाको निर्णयलाई बैठकले अनुमोदन समेत गरेको महासंघका सचिव अर्जुन आचार्यले जानकारी दिए ।