सुनसरीको हरिनगर गाउँपालिका भित्र २८ किलोमिटर सडक कालोपत्रे

सुनसरीको हरिनगर गाउँपालिका भित्र २८ किलोमिटर सडक कालोपत्रे

नसीम अन्सारी ।
भुटाहा, २० असार । सुनसरीको हरिनगर गाउँपालिकामा विकासले गति लिएको छ । स्थानीय तह कार्यान्वायनमा गएसँगै विकासको कामलाई प्राथमिकतामा राखेर काम भएको हो । बहुबर्षिय योजनामा रहेका ७ वटा सडकमा २८ किलोमिटर सडक कालोपत्रे भएको हो । २८ किलोमिटर भुटाहादेखि भारतको बस्मतिया जाने सडकको कालोपत्रे गरिएको हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले पत्रकार सम्मेलनमा जानकारी दिए ।
गाउँपालिकाले टेन्डर प्रक्रिया मार्फत बहुबर्षिय योजना बनाएर सडक कालोपत्रे गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णबहादुर कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार, जनप्रतिनिधि आएपछि धुलोमुक्त सडकको टोस योजना बनाएर आर्थिक वर्ष २०७२÷७३ मा ७ वटै सडक टेन्डरद्वारा सम्झौता गरेर धुलोमुक्त अभियान शुरु गरिएको थियो ।
जसमा गाउँपालिकाको ६४ करोड ५९ लाख रुपैयाँ लगानी भएको छ । लगानी भएको रकममध्ये सबै गाउँपालिकाको बजेट हो ।
त्यस्तै गाउँपालिका भित्रका २७ किलोमिटरसडक ग्राभेल भएको छ । चालु आर्थिक बर्षसम्ममा २७ दशमलव ४ किलोमिटर सडक ग्राभेल भएको कार्कीले बताए । गाउँपालिकाको बृहत्तर विकासका लागि सबै तत्पर रहेर काम गर्न अग्रसर भएर काम भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्