मोरङ क्रिकेट सघको अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित

मोरङ क्रिकेट सघको अध्यक्षमा नविन घिमिरे निर्विरोध निर्वाचित

विराटनगर , २१ असार  । मोरङ क्रिकेट सँघको अध्यक्षमामा नविन घिमिर निर्विरोध निर्वाचित भएका छन् । विराटनगर शनिबार भएको विशेष सभाले घिमिरेकोे अध्यक्षमा १३ सदस्य कार्य समिति चयन गरेको हो । उपाध्यक्षमा मनोहरराज पाण्डे, सचिवमा कमलेश ठाकुर र कोषाध्यक्षमा शिरिष उपाध्याय निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै महिला सदस्यमा अम्विका बुढाथोकी र रोजी राई तथा सदस्यहरुमा मनोज अर्याल, , अजय राजवंशी, माँगिलाल शर्मा, रोशन बुढाथोकी, कुन्दन सिंह,उज्वल खरेल र धिरज बुढाथाकी निर्विरोध निर्वाचित भएका छन् ।
समितीको बैठकले रोशन बुढाथाकीलाई केन्द्रीय प्रतिनिधीमा चयन गरेको छ भने नविन घिमिरे, शिरिष उपाध्याय,प्रदिपराज पाण्डे र अजय राजवंशीलाई प्रदेश प्रतिनिधी चयन गरेको अध्यक्ष घिमिरेले बताए । आइसीसीले पठाएको स्वतन्त्र टोलीको प्रतिनिधी तथा कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठ र उपेन्द्र दुलालको उपस्थीतीमा मोरङ क्रिकेट सँघ चयन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्