२८ आश्विन २०७६, मंगलवार

एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा

काठमाडौं । इंग्ल्याण्डमा जारी एक दिवसिय विश्वपकप क्रिकेटको सेमिफाइनल सकिमरण पूरा भएको छ ।

गएराती सम्पन्न खेलहरुपछि समुह चरणका खेल सकिएका हुन् । अन्तिम दिन भारतले श्रीलंकालाई ७ विकेटले हरायो ।

भारतको जितमा सुरुवाती ब्याट्सम्यान रोहित शर्माले किर्तीमानी शतक बनाए । रोहित विश्वकपको एकै संस्करणमा पाँच शतक बनाउने पहिलो खेलाडी बनेका छन् ।

गएराती भएको अर्को खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि १० रनको जित निकाल्यो । हारसँगै अष्ट्रेलिया अंक तालिकाको दोस्रो स्थानमा झर्‍यो ।

समुह चरणका सबै ९ खेल सकिंदा १५ अंकसहित भारत शिर्ष स्थानमा रहँदा १४ अंक जोडेको अष्ट्रेलिया दोस्रो भयो ।

तेस्रो स्थानको इंग्ल्याण्डले १२ अंक जोड्यो भने ११ अंकका साथ न्युजिल्याण्डले पनि सेमिफाइनलमा ठाँउ बनायो ।

समान ११ अंक जोडेको पाकिस्तान रन रेटको आधारमा न्युजिल्याण्डसँग पछि पर्दै समुह चरणबाटै बाहिरियो ।

अब सेमिफाइनलमा भारतले न्युजिल्याण्डको सामना गर्दा अष्ट्रेलियाले आयोजक इंग्ल्याण्डसँग खेल्नेछ । सेमिफाईनल खेलहरु मंगलवारदेखि हुनेछन् ।

सम्बंधित खबरहरु


प्रतिक्रिया लेख्नुहोस