युवा अभियानकर्मी इराकी कलाम युथ लिडरसीप अवार्ड २०१९ बाट सम्मानित हुने

युवा अभियानकर्मी इराकी कलाम युथ लिडरसीप अवार्ड २०१९ बाट सम्मानित हुने

बिराटनगर  असार २२ ,

युवा अभियानकर्मी चाँद बाबू इराकीलाई सामाजिक काम र युवा शसक्तिकरणमा योगदान पुर्याए बापत कलाम युथ लिडरसीप अवार्ड २०१९ बाट सम्मानित हुने भएका छ्न ।

भारतिय पुर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलामको सम्झनामा ख्वाब फाउन्डेसनद्वारा प्रदान गरिने उक्त अवार्ड जुलाइ २७ मा भारतको बिहार राज्य अन्तर्गत मोतिहारी जिल्लामा हुने कलाम युथ लिडरसीप कन्फरेन्स २०१९ मा प्रदान गरिने छ ।

साथै इराकीलाई कलाम युथ लिडरसीप कन्फरेन्स २०१९ को अन्तर्राष्ट्रिय ब्रान्ड एम्बास्डरमा समेत मनोनित गरिएको इराकीले आवर बिराटनगरलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्