भारतीय क्रिकटेका तारा महेन्द्र सिंह धोनीको ३८ औ जन्मदिन आज

भारतीय क्रिकटेका तारा महेन्द्र सिंह धोनीको ३८ औ जन्मदिन आज

नयाँ दिल्ली । महेन्द्र सिंह धोनी भारतीय क्रिकटेका एक जिम्मेवार खेलाडी हुन् । ३८ वर्षअघि आजकै दिन उनी जन्मिएका थिए । यतिखेर उनी इङ्ल्यान्डमा जारी विश्वकप क्रिकेटको ताज भारतको हातमा पार्ने ध्याउन्नमा छन् । भारतीय टोलीका अधिकांश युवा खेलाडीको मेन्टरका रुपमा उनले भूमिका निर्वाह गरिरहेका छन् ।

धोनीले क्रिकेटमा यो स्तरको नाम बनाउन निकै मेहनत गरेका छन् । उनको बाल्यकाल सङ्घर्षपूर्ण थियो । उनको परिवार एउटा कोठा लिएर बसेको थियो । बाल्यकालको सङ्घर्षले नै उनलाई यति बलियो र धैर्यशाली बनाएको हुनुपर्छ । उनको जन्मदिनको अवसरमा उनैबारे केही चर्चा गर्नु आवश्यक छ ।

धोनीले शौरभ गाँगुलीको कप्तानीमा आफ्नो अन्तरराष्ट्रिय करिअरको सुरुआत गरेका थिए । उनले बङ्गलादेशको चिटगाउँमा पहिलो पटक टिम इन्डियाको निलो जर्सी लगाएका थिए । तर उनी यो म्याचमा बिनारन नै आउट भएका थिए ।

पाकिस्तानी टिम भारतयात्रामा थियो । यही सिरिजको दोस्रो वानडे म्याचमा कप्तान गाँगुलीले उनलाई तेस्रो नम्बरमा ब्याटिङका निम्ति पठाए । यसअघि उनले लामोलामो छक्का लिने कार्यमा खुब नाम कमाए । तर अन्तरराष्ट्रिय क्रिकेटमा त्यतिखेरसम्म पनि उनको प्रभाव बढ्न सकेको थिएन । तथापि, त्यहाँ उनलाई प्राप्त मौकाको उनले सदुपयोग गरिहाले । र, १२३ बलमा १४८ रन बनाएर भारतीय टिमको स्कोर ३०० नघाइदिए । त्यसबखत उनले आफ्नो स्थान टिम इन्डियामा बलियो पारे । त्यो उनको वानडे करिअरको पाँचौं म्याच थियो ।

सन् २००५ मा श्रीलङ्काविरुद्ध जयपुरमा खेलिएको एक म्याचमा भारत २९९ रनको पछ्याइरहेको थियो । एक पटक उनलाई पुनः नम्बर ३ मा मौका मिल्यो । त्यहाँ उनले ५० ओभर विकेटकिपिङ गरेपछि म्याचको अन्त्यमा ब्याटिङ गर्दै १८३ रन ठोके । धोनीको यही स्कोर आज पनि उनको वानडे क्रिकेटमा उच्च रहिआएको छ ।

पहिलो पटक टी २० वल्र्डकप खेलिरहेको बेला उनले आफ्नो कप्तानी कौशल देखाइदिए । भारतले केवल पहिलो वल्र्ड टी २०मा आफ्नो स्थानमात्र बनाएन, चिरप्रतिद्वन्दी पाकिस्तानलाई हराएर ताज नै आफ्नो हात पार्यो । यसपछि धोनीको नाम भारतीय क्रिकेट जगत्मा सम्मानका साथ लिन थालियो ।

(नवभारत टाइम्स)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्