नेपाल–बंगलादेश बैंकका म्यानेजर बलात्कारको आरोपमा पक्राउ

नेपाल–बंगलादेश बैंकका म्यानेजर बलात्कारको आरोपमा पक्राउ

विराटनगर, २२ असार । विराटनगरस्थित एक महिलालाई बलात्कार गरेको आरोपमा नेपाल बङ्गलादेश बैंकका म्यानेजर पक्राउ परेका छन् । मोरङको धनपालथान गाउँपालिका – ४ स्थित शाखा कार्यालयमा कार्यरत झापाको बुधबारे घर भएका बैंकका मेनेजर ४५ वर्षीय अमित बास्तोलालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

बास्तोलाले ती महिलालाई कर्जा दिने प्रलोभन देखाएर करणी गरेको मोरङ प्रहरीको प्रारम्भिक अनुसन्धाबाट खुलेको उनले जानकारी दिए । ती महिलालाई कर्जा आवश्यक परेकोले बैंकका मेनेजर बाँस्तोलाले ४ लाख रूपैयाँ कर्जा दिने प्रलोभन देखाएर करणी गरेको पाईएको छ।
पीडितले दिएको उजुरी दर्ता भएपछि बास्तोलालाई प्रहरीले मोरङको रङ्गेली ७ बाट असार १६ गते पक्राउ गरेको थियो । पक्राउ परेका बाँस्तोलालाई जिल्ला अदालत मोरङमा जबरजस्ती करणी अन्तर्गत मुद्दामा आज सात दिनको म्याथ थप गरि अनुसन्धान भइरहेको डिएपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्