विराटनगर नाकाबाट प्रदेश १ मा भित्रने फलफुल तथा तरकारीको बिषादी परिक्षण गरिने

विराटनगर नाकाबाट प्रदेश १ मा भित्रने फलफुल तथा तरकारीको बिषादी परिक्षण गरिने

विराटनगर, २२ असार ।
संघीय सरकारले बिषदीको परिक्षण गरेर मात्र तरकारी तथा फलफुल भित्र्याउन नदिने भनी गरेको निर्णय तत्काललाई कार्यान्वयन नगर्ने भरी सार्बजनिक भईरहँदा प्रदेश १ सरकारले बिषादी अबशेष द्रूत विश्लेषण प्रयोगशाला संचालनमा ल्याएकोछ ।
काठमाडौँबाट प्राबिधिक सहितको टोली ल्याएर प्रदेश १ सरकार भुमी ब्यवस्था कृषी तथा सहकारी मन्त्रालयको अगुवाईमा विराटनगरको रानीमा फलफुल तथा तरकारीको बिषादी प्रयोगशाला सोमबारदेखि संचालनमा ल्याउन लागेको हो ।

भारतबाट नेपा भित्रने तरकारी तथा फलफुलमा रहेको बिषादीको अवशेष परिक्षण गर्न बिषादी अबशेष द्रूत विश्लेषण प्रयोगशाला स्थापना भएकोले सोमबारदेखि संचालनमा आउने मन्त्रालयले जनाएको छ । भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले प्रयोगशाला स्थापना भएसँगै अब विराटनगरबाट नै तरकारी र फलफुलको बिषादी अबशेष द्रूत विश्लेषण प्रयोगशाला मार्फत मापन हुने जानकारी दिए ।
करिब २५ लाखाको लागतमा प्रयोगशाला संचालनमा ल्याईएको बिष्टले बताए । मंगलवार एक कार्यक्रमको आयोजना गरी औपचारिक रुपमा प्रयोगशाला संचालन भएको जानकारी दिने तयारी छ ।
काठमाडौबाट आएका बिशेषज्ञ प्राबिधिकले प्रदेशका कर्मचारीलाई बिषादी मापनको बारेमा जानकारी दिने तथा प्रशिक्षित गरेपछि सोमबारदेखि नै यो प्रयोगशाला शुरु हुने जनाईएको छ । प्रदेश १ को भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा मुख्यमन्त्री शेरधन राईले नै सम्हाल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्