विराटनगरका लोकप्रिय वडा अध्यक्ष जसले पोशाक भत्ता नलिने घोषणा गरे, सवारी सुबिधा त्यागे

विराटनगरका लोकप्रिय वडा अध्यक्ष जसले पोशाक भत्ता नलिने घोषणा गरे, सवारी सुबिधा त्यागे

विराटनगर, २३ असार ।
विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले पोशाक भत्ता नलिने भएका छन् । गत असार १० गतेको चौथो नगरसभाबाट जनप्रतिनिधिलाई पोसाक भत्ता दिने निर्णय भए अनुसार नागरिक समाज र पत्रपत्रिकामा चौतर्फी टिप्पणी भएपछि उनले आफुले पोशाक भत्ता नलिने घोषणा गरेका हुन् ।

वडा अध्यक्ष न्यौपाने आईतवार विराटनगर महानगरपालिकालाई एक पत्र लेखी जनप्रतिनिधीलाई दिने भनिएको पोशाक भत्ता आफुलाई नदिन भनेका छन् । उनले महानगरपालिकालाई लेखेको पत्रमा भनिएको छ, ‘महानगरमा कर्मचारी जस्तो जनप्रतिनिधीको एउटै पोशाक लगाउनु पर्ने बाध्यता नरहेकोले विराटनगरवासीहरुलाई सम्मान गर्दै पोशाक भत्ता मैले नलिने निर्णय गरेको हुँदा उक्त रकम मलाई नदिन र मेरो बैंक खातामा नपठाई दिने ब्यवस्था हुन अनुरोध गर्दछु ।’ न्यौपानेले यस अघि विराटनगर महानगरपालिकाले दिएको मोटरसाईकल सुविधा पनि लिएका थिएनन् । सबै वडा अध्यक्षले मोटरसाईकल सुबिधा लिईरहेको अबस्थामा उनले सवारी सुबिधा लिनु उपयुक्त नभएको भन्दै उनले नलिने घोषणा गरेका थिए भने अहिलेसम्म मोटरसाईकल सुबिधा लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्