सडक र नाला निर्माणको विषयलाई लिएर विराटनगर १५ का वडा अध्यक्ष असलम आलममाथी कुटपिट

सडक र नाला निर्माणको विषयलाई लिएर विराटनगर १५ का वडा अध्यक्ष असलम आलममाथी कुटपिट

विराटनगर २३ असार । विराटनगर महानगरपालिका–१५ स्थित प्रजातन्त्र मार्गको भित्री सडकको नाला निर्माण गर्ने क्रममा वडा अध्यक्ष असलाम आलममाथि कुटपिट भएको छ ।
स्थानीय युवाहरुले सडक विस्तार गरेर नाला निर्माणका क्रममा आफ्नो जग्गा बढी पारिएको भन्दै आक्रोसित बनेका दुई युवाहरुले आलममाथि हेल्मेटले प्रहार गरेका हुन् । यस विषयमा विगत लामो समयदेखी विवाद हुदै आएको थियो ।

सडक विस्तारमा विवाद भएपछि छलफलका लागि पुगेका बेला आलमलाई एकै घरका दाजु भाईले हेल्मेट प्रहार गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न सन्तोष र विजय साहलाई प्रहरीले पक्राउ गरी गत शनिबार साँझ नै छाडिदिएको छ । अरुको भन्दा आफूहरुको धेरै जग्गा सडकमा पारेको उनीहरुको आरोप थियो ।
इलाका प्रहरी कार्यालय रानीका इन्सपेक्टर इन्द्रबहादुर रानाले वडा अध्यक्षकै आग्रहमा कुटपिट गर्नेलाई आगामी दिनमा यस्ता घटना नदोहो¥याउने सर्तमा छाडिएको बताए । ‘वडा अध्यक्षमाथि कुटपिट भए पनि कुटपिट गर्नेका विरुद्ध जाहेरी नपरेपछि कारवाही अघि बढाउन सकिएन,’ उनले भने, ‘सामान्य विवाद रहेको भन्दै दुई पक्षबीच मिलापत्र भएका कारण कुटपिटमा संलग्नलाई छाडिएको हो ।’
वडा अध्यक्ष आलमले आफ्नै वडाका बासिन्दा भएका कारण हेल्मेट प्रहार गर्नेका विरुद्ध कुनै पनि उजुरी नगरिएको बताए । ‘घटनामा संलग्न दुवै जना मेरै वडाका बासिन्दा हुन्,’ उनले भने, ‘आगामी दिनमा गल्ती नहो¥याउने सर्तमा माफी गरिदिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्