फेसबुकमा साथी बनाएर चिनजानको फाईदा उठाउँदै उर्लावारीमा २१ वर्षीय युवती बलात्कृत

फेसबुकमा साथी बनाएर चिनजानको फाईदा उठाउँदै उर्लावारीमा २१ वर्षीय युवती बलात्कृत

विराटनगर, २३ असार । फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक दलित युवतीमाथि बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् ।
इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय युवतीमाथि बलात्कार गरेका हुन् । खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा राईले गत शुक्रबार राति ९ बजे एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताउनुभयो । डिएसपी श्रेष्ठका अनुसार बलात्कार गरेर युवतीलाई घाइते बनाएपछि राई घटनास्थलबाट फरार भएका थिए ।
घाइते अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । प्रहरी र स्थानीयले उद्धार गरेर टाउको र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा युवतीलाई उपचारका लागि लगेका छन् ।
बल प्रयोग गरेर बलात्कार गरिरहेको स्थानीय बासिन्दाले थाहा पाएर प्रहरीलाई खवर गरेका थिए । एक युवाले युवतीमाथि बल प्रयोग गरेर जवरजस्ती गरिरहेको र युवतीले प्रतिवाद गरिरहेको स्थानीयले देखेका थिए । घटनास्थलबाट फरार रहेका राईलाई पक्राउ गरेर आइतबार जवरजस्ती करणी ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलबाट दुवै जनाले प्रयोग गर्ने मोबाइल, चप्पल र केही कपडाहरु बरामद गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्