विराटनगरको नोवेल मेडिकल कलेजका डाक्टर पढ्ने विद्यार्थीद्धारा दशगजा नाकामा नारावाजी

विराटनगरको नोवेल मेडिकल कलेजका डाक्टर पढ्ने विद्यार्थीद्धारा दशगजा नाकामा नारावाजी

विराटनगर, २३ असार । विराटनगरको नोवेल मेडिकल टिचिङ हस्पिटलमा एम.वि.वि.एस अध्ययरत विद्यार्थीहरुले नेपाल भारत सिमा जोगवनी दशगजामा नाकामा नारावाजी गर्दै यातायात अवरुद्ध पारेका छन् ।

२०१०/२०११ मा भर्ना भएका विद्यार्थीहरुको परीक्षा फलको नतिजा सार्वजनिक नगरिएको भन्दै उनीहरुले नाराबाजी गरेका हुन् ।
काठमान्डौ युनिभर्सिटीसँग सम्बन्ध प्राप्त भएका नेपालका १० वटा कलेजका विद्यार्थीहरुको अझैसम्म डिग्री पास गरिएको नतिजा सार्वजनिक नगरिएपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् ।
आफूहरुले अध्ययन गरेको कलेजहरुले नतिजा नदिएको भन्दै आन्दोलनमा उत्रनु परेको ईन्डो नेपाल मेडिकल स्टुडेन्टका महाविर गुजरले बताए । ‘हामीले विगत लामो समयदेखी परीक्षाफलको नतिजा सार्वजनिक गरी पाउ भनि प्रधानमन्त्री कार्यालयदेखी भारतीय दुतावाससम्म पत्र पठाएको छौ । तर हाम्रो मागलाई सम्बोधन गरिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्