विराटनगरमा आईपुगे द्धारिकालाल चौधरीबाट पिडीत भएका कर्मचारी

विराटनगरमा आईपुगे द्धारिकालाल चौधरीबाट पिडीत भएका कर्मचारी

विराटनग, २३ असार । सुनसरीको इटहरी उपमहानगरपालिका घर नक्साफाटमा कार्यरत प्राविधिक रामवहादुर खड्काले आफुलाई उपमहानगरपालिकाका प्रमुख द्धारिकालाल चौधरीले कामवाट जर्वजस्ती निकालेको आरोप लगाएका छन् ।

विराटनगरमा सोमबार पत्रकार सम्मेलन गरी घरनक्सा पास गर्दा आर्थिक चलखेल नगरेको र आफु निर्दोष रहेको उनले वताए । आफू सँधै इमान्दार भएर काम गर्दा पनि आफुलाई भ्रष्ट कर्मचारी भनेर मेयर चौधरीले उपमहानगरको जागिरवाट निकालेर आफुमाथी अन्याय गरेको पत्रकार सम्मेलनमा गुनासो गरे ।

नक्सा फाँटका प्राविधिक खड्कालाई इटहरी वडा ९ का चाणक पोखरेलका श्रीमती रिता पोखरेलको घरको तल्ल थप गर्न घर नक्सा पास गर्दा आर्थिक लेनदेन गरेको आरोप लागेको छ । त्यही विषयलाई लिएर खड्कालाई जागिरवाट निकालिएको थियो ।

यस विषयमा आफ्नो कुनै सलग्नता नरहेको खड्काले दावी गरेका छन् । उनले रिता पोखरेलको घरनक्सा पासका लागि आफुुले कुनै हस्ताक्षर नगरेको, नगर प्रमुख चौधरीका आफन्त मनोज चौधरीले सवै ठाउँमा हस्ताक्षर गरेको र उहाँलाई जोगाउन नगर प्रमुखले जर्वजस्ती आफुलाई आरोप लगाएको खडकाको गुनासो छ । खडकाले यस विषयमा सत्यतथ्य छानविन गर्न माग समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्