मोटरसाइकलले ठक्कर दिँदा बुढीगंगामा एकको मृत्यु

मोटरसाइकलले ठक्कर दिँदा बुढीगंगामा एकको मृत्यु

विराटनगर, २३ असार । मोटरसाइकलले साइकललाई ठक्कर दिँदा मोरङको बुढीगंगा गाउँपालिका–४ मा एक जनाको ज्यान गएको छ ।
सुनसरीको दुहबीबाट मोरङको टंकीसिनवारीतर्फ आउँदै गरेको को २८ प २९०७ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा भोजपुर घर भएका ३४ वर्षीय लोकबहादुर खड्गीको ज्यान गएको हो । प्रहरीका अनुसार बाटो काट्ने क्रममा बुढीगंगा–४ मा डेरा गरेर बस्ने खड्गीले चलाएको साइकललाई मोटरसाइकलले ठक्कर दिएको थियो ।
ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा मध्यान्ह १२ बजे मृृत्यु भएको हो । मोटरसाइकल र चालक सुनसरी सोनापुरका २६ वर्षीय विष्णु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्