माडवाडी युवा मन्च विराटनगरको अध्यक्षमा गोपाल अग्रवाल

माडवाडी युवा मन्च विराटनगरको अध्यक्षमा गोपाल अग्रवाल

विराटनगर, २३ असार । माडवाडी युवा मन्च विराटनगरको अध्यक्षमा गोपाल अग्रवाल निर्वाचित भएका छन् । निर्वाचित भएका नयाँ कार्यसमितिहरूलाई विराटनगरमा एक भव्य समारोहको बिच आठौं पदस्थापन कार्यक्रम आयोजना गरि पद तथा गोपनियताको सपथ गराएको हो ।
माडवाडी युवा मन्चको उपाध्यक्षमा जया शर्मा, जितिन राठी, महा सचिबमा मोहित लालवानी, राजेश अग्रवाल र धिरज शर्मा सचिब रहेका छन् । यस्तै पवन पारख कोषाध्यक्ष र मोहित अग्रवाल सह–कोषाध्यक्ष रहेका छन् ।
नवनिर्वाचत अध्यक्ष अग्रवालले समाज परिवर्तनको लागि महत्पूर्ण कामहरूको सूची पनि सार्वजानिक गरेका छन् । उनले मरणोपरान्त आँखा दान गर्ने घोषणा पनि गरे । सोही कार्यक्रममा अध्यक्ष अग्रवालका वुवा सत्यनारायणले आर्थिक अवस्था नाजुक भएका परिवारका विद्यार्थीहरूको लागि १ लाखको अक्षयकोष स्थापना गरिएको छ । कोषबाट जेहन्दार विद्यार्थीहरूले छात्रवृती प्रदान गरिने अध्यक्ष अग्रवालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्