विराटनगरमा सुरक्षागार्डलाई जोखिम व्यवस्थापन तालिम

विराटनगरमा सुरक्षागार्डलाई जोखिम व्यवस्थापन तालिम

विराटनगर, २३ असार । विराट गोरखा सेक्युरिटी प्रालिले सेक्युरिटी गार्डहरूलाई एक दिने जोखिम व्यवस्थापन तालिम दिएको छ । विराटनगरस्थित नोवल मेडिकल कलेजमा सुरक्षा गार्डहरुको लागि एक दिने जोखिम व्यवस्थापन तालिम दिएको हो । तालिममा कम्पनिका निर्देशक राम कुमार श्रेष्ठ, प्रशिक्षक साजन श्रेष्ठ र किशोर राईले सुरक्षा गार्डहरूलाई प्रशिक्षण दिएका थिए । दैनिक सेवामा आकस्मिक रुपमा आईपर्ने प्रकृतिक र मानव निर्मित जोखिमहरुलाई कसरी व्यवस्थापन गर्ने, सेवाग्रही तथ पाहुनाको शिष्टता र भौतिक सम्पतिमा हुने जोखिमको वैज्ञानिक ढंगले व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण दिईएको थियो । तालिमममा १ सय जना सुरक्षागार्डको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्