सञ्चार सहकारी विराटनगरले ३ पत्रकारलाई पुरस्कृत गर्ने

सञ्चार सहकारी विराटनगरले ३ पत्रकारलाई पुरस्कृत गर्ने

विराटनगर २४ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले तीन पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । सहकारी संस्थाले विराटनगर स्थित कान्तिपुर सम्वाददाता देवनारायण साह र बी एफएमकी उमा पोखरेल र कारोबार दैनिकका समाचार सम्पादक पत्रकार गजेन्द्र बुढाथोकीलाई सहकारी संस्थाको स्थापना दिवस पारेर सम्मान गर्न लागेको हो ।

साहलाई मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार प्रदान गरिने भएको छ । सो पुरस्कारको राशी २१ हजार रुपैयाँ छ । यसभन्दा अगाडि यस पुरस्कारबाट पत्रकार कुमार लुइटेल, मोहन मानन्धर र उद्धव घिमिरे र अभय राई पुरस्कृत भैसकेका छन् । यस्तै पोखरेल मीना श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट सम्मानित हुने भएकी छन् । यस पुरस्कारको राशी नगद १० हजार छ । यस्तै बुढाथोकीले गत वर्षदेखि प्रदान गर्न सुरू गरिएको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् । समाजसेवी दिनवन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको यो पुरस्कारको राशी ३१ हजार नगद रहेकोमा यस वर्षदेखि बढेर ५१ हजार पुर्याइएको छ । यो पुरस्कारको लागि समाजसेवी गोयलले पाँच लाखको अक्षयकोष खडा गरी सोको व्याजबाट प्रत्येक वर्ष आर्थिक क्षेत्रमा कलम चलाउने देशभरीका उत्कृष्ट पत्रकारलाई सम्मान गरिने जनाइएको छ । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरका अध्यक्ष मोहन भण्डारीको अध्यक्षतामा २०७६ असार २३ गते बसेको बैठकले तीनै पुरस्कारको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्