माडवारी युवा मञ्च विराटनगरद्धारा “माडे कचरो मोरा” शब्द तत्काल हटाउन माग

माडवारी युवा मञ्च विराटनगरद्धारा “माडे कचरो मोरा” शब्द  तत्काल हटाउन माग

विराटनगर, २४ असार । मारवाडी युवा मञ्च विराटनगरले कक्षा ७ र ८ को पाठ्य पुस्तकमा समावेश गरेको मारवाडी समाजलाई होच्याउने अपमानित गर्ने अपशब्द “माडे कचरो मोरा” प्रयोग गरेकोले तत्काल हटाउन माग राख्दै ज्ञापन पत्र बुझाएका छन ।


मारवाडी युवा मन्चले मोरङका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन ।
सम्पूर्ण मारवाडी समाजको जातीय अपमान गर्ने, होच्याउने, गाली बेईज्जती हुने शब्द कक्षा ७ र ८ को हेल्थ एजुकेशमा अपशब्दहरू प्रयोग गरेकोले हटाउनुपर्ने माग राख्दै मोरङका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीलाई ज्ञापनपत्र बुझाएको मारवाडी युवा मन्चका अध्यक्ष गोपाल अगवालले जानकारी दिए ।
स्कूलको पाठ्य पुस्तकमा समावेश गरेको अपशब्द तुरुन्त हटाएर सबै पुस्तक जफत गरी अविलम्ब आवश्यक कार्यवाही गरी प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रीमा जिल्ला पशासन कार्यालय मार्फत ज्ञापन पत्र उनीहरुले बुझाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्