न्यूरोमा मुटु सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

न्यूरोमा मुटु सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

विराटनगर २४ असार । न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलमा एक दिने मुटुरोग सम्बन्धी सचततनामुलक कार्यक्रम सम्पन्न भएको छ । न्यूरो हस्पिटलको आयोजना तथा बिराटनगर राउण्ड टेबल ५ को सहकार्यमा हृदयघात सम्बन्धी सचेतनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

हस्पिटलको सभाकक्षममा आयोजित सो काार्यक्रममा न्यूरो हस्पिटलका संस्थापक तथा बरिष्ठ न्यूरोलोजिष्ट डा. बिरेन्द्रकुमार बिष्टले पूर्वी भेगमा पहिलो पटक क्याथ ल्याब मार्फत न्यूरो हस्पिटलले हृदयघात भएका कयौं बिरामीलाई बचाउन सफल भएको बताउनुभयो । सो सचेतनामुलक कार्यक्रममा हस्पिटलको बरिष्ठ इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. निकेश राज श्रेष्ठले हृदयघात तथा यसबाट बच्ने उपाय बारे सहजिकरण गर्नुभयो । उहाँले हृदयघात हुनु अगावै के—कस्ता लक्षणहरु देखापर्ने र सो को उपचार पद्धति बारे जानकारी गराउनुभयो । यस्तै कार्यक्रममा बरिष्ठ विशेषज्ञ फिजिसियन डा. केशर बहादुर गुरुङ र बिशेषज्ञ फिजिसियन डा. अग्रज उप्रेतिले हाइपरटेन्सन तथा डाइबेटिजबाट कसरी बच्न सकिन्छ भन्ने बिषयमा उपस्थित राउन्ड टेबलका पदाधिकारीहरुलाई जानकारी

गराउनुभयो ।


हस्पिटलले यस किसिमका सचेतनामुलक कार्यक्रम गर्दै आएको र आम जनमानसको स्वास्थ्यको बिषयमा ख्याल गर्न यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिइरहने हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भटट्राईले बताउनुभयो ।
यता , बिराटनगर राउन्ड टेबल ५ का अध्यक्ष अश्विनी बंसलले न्यूरो हस्पिटलले आयोजना गरेको उक्त सचेतनामुलक कार्यक्रमले उपस्थित सहभागिहरु सचेत भएको बतााउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्