मोरङकी तीर्थाको कतारबाट चित्कार : मलाई चाडै नेपाल फर्काईयोस

मोरङकी तीर्थाको कतारबाट चित्कार :  मलाई चाडै नेपाल फर्काईयोस

प्रेम देवान

विराटनगर २५ असार । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की युवतीले आफूलाई जतिसक्दो चाँडो उद्धार गरेर नेपाल झिकाइदिन आग्रह गरेकी छन् ।
तीर्था विकले फोन मार्फत श्रम तथा रोगजार कार्यालय विराटनगरका प्रमुख एवं बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलसँग यस्तो आग्रह गरेकी हुन् ।
दोहोरो टेलिफोन संवादमा गत जेठ १४ गते नेपालकै बाटोबाट कतार पुगेकी उनले त्यहाँ आफूले भागेका सबै पीडा सञ्जेललाई सुनाइन् । आफ्ना पीडा पोख्ने क्रममा फोनमै उनी धेरै बेर रोइन पनि ।

कतारको घाजी अब्बु ट्रान्सपोर्ट एण्ड सर्भिस नामक कम्पनीले बन्धक बनाएर राख्दै आफूलाई विभिन्न खाले यातना दिइरहेको तीर्थाले सुनाइन् । अस्पताल र स्कुल सरसफाईको काममा भनेर लगिए पनि अहिलेसम्म आफूलाई काममा नलगाइ कुटपिट गर्ने, राम्ररी खान पनि नदिने, दुव्र्यवहार गर्ने, अनैतिक काम गर्न दबाद दिने र सेवा सुविधा समेत नदिने गरेको उनको गुनासो छ ।
उनले आफूलाई कतारमा भाषाको पनि समस्या रहेको गुनासो गरिन् ।

 

[caption id="attachment_89875" align="alignnone" width="841"] तीर्थाकी आमा सीता विकले दिएको उजुरी अध्ययन गर्दै बरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेल ।
तस्वीर ः प्रेम देवान आवर विराटनगर[/caption]

मेनपावरबाटै कतार पुगेकी तीर्थाको यो पीडा सुनेर सञ्जेल पनि छक्क परे । उनले तत्काल युवतीको उद्धारका लागि पहल गरिने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिए ।
छोरीले ठूलो पीडा बेहोर्नु परेको भन्दै श्रम कार्यालयमा आमा सीता पनि आइपुगिन् । उनले मंगलबार सुनसरीको इटहरीमा रहेको विराट इन्टरनेशन टे«ेनिङ सेन्टरका सञ्चालक गोपाल पोखरेल विरुद्ध उजुरी दिएकी छन् । कार्यालयले त्यस उजुरी उपर छानबिन अघि बढाइएसकिएको जनाएको छ । छोरीलाई यातना दिइरहेको कुरा कतार पठाउनेलाई पनि सुनाएको तर वास्ता नगरेको सीताको गुनासो छ । उनले तत्काल छोरीको उद्धारमा सहयोग गर्न र दोषीमाथि कारबाही अघि बढाउन माग गरिन् ।

[caption id="attachment_89874" align="alignnone" width="702"] मोरङको सुन्दरहरैंचा नगरपालिका–१० की
तीर्था विक[/caption]

पठाएको देशमा भने अनुसारको काम र पारिश्रमिक भन्दा पनि युवतीमाथि यातना मात्रै दिने काम भएको पाइएको ओरेक नेपाल विराटनगरका प्रमुख दीपक सेनचुरीले बताए । यता दलित युवतीलाई कतार पठाएर विचल्ली बनाएको आरोप लागेका पोखरेलले भने आफ्नै सेन्टरमा तालिम दिए पनि आफूले तीर्थालाई कतार नपठाएको बताए । उनले आफू सम्पर्क व्यक्ति भएर काठमाडौंको सिन्धुली ओभरसिज नामक मेनपावरलाई जिम्मा लगाएर त्यहीबाट उनी कतार गएको बताए ।
युवतीलाई कतार पठाउने सिन्धुली ओभरसिजका सञ्चालक गौतम केसीले तीर्थालाई कतारमा कुनै पनि समस्या रहेको कुरा आफूले थाहा नपाएको बताए । परिवारका सदस्यले समस्या छ भनेर भने पनि कम्पनीले चैं भने अनुसारकै काम लगाएको भन्ने जानकारी दिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्