विराटनगरको खेल मैदानमा पानी जमेपछि, धरान लगियो मुख्यमन्त्री कप प्रतियोगिता

विराटनगरको खेल मैदानमा पानी जमेपछि, धरान लगियो मुख्यमन्त्री कप प्रतियोगिता

विराटनगर, २५ असार । विराटनगरमा भोलीदेखी हुने भनिएको मुख्यमन्त्री कप प्रदेश लिग फुटबल प्रतियोगिता धरानमा हुने भएको छ ।
विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दैै प्रतियोगिता आयोजक समितिका अध्यक्ष एवं अखिल नेपाल फुटबल संघ (एन्फा) का प्रवक्ता किरण राईले खराब मौषमका कारण पूर्व निर्धा्रित विराटनगरको सहिद रंगशालामा खेल हुन नसकेको र धरानमा खेल हुने जानकारी गराए ।

वर्षाका कारण सहिद रंगशाला डुबानमा परेका कारण प्रतियोगिता धरान सार्नु परेको जनाइएको छ । राईले उपाधि विजेताका लागि प्रदान गरिने चार किलो चाँदीको ट्रफी समेत सार्वजनिक गरे ।
ट्रफी विजेता टोलीले एक महिनासम्म उत्साह र खुशीयाली मनाउन राख्न पाउने बताउँदै राईले त्यसपछि पुनः आयोजकलाई फिर्ता गर्नु पर्ने बताए । अर्कोपटक रनिङ शिल्डका रुपमा प्रतियोगिता हुने उहाँको भनाइ छ ।

त्यसैगरि, प्रतियोगितामा विजेता टोलीले ५ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ हात पार्ने छन् । पत्रकार सम्मेलनका क्रममा बजेटका विषयमा उठेका टिकाटिप्पणी र कम समयमा सम्पन्न गर्नुपर्ने प्रतियोगिता निष्पक्ष भएको राईको दाबी छ ।

प्रतियोगिताको अन्तिम चरणका लागि धरान फुटबल क्लब, बौद्धिक विकास समाज धनकुटा, बेलबारी फुटबल क्लब मोरङ, सैनिक युथ क्लब झापा, बाक्सिला फुटबल क्लब खोटाङ र रेडहर्ष फुटबल क्लब इलामबीच स्पर्धा हुनेछ । प्रतियोगिताका लागि १ करोड प्रदेश सरकार र ३३ लाख रुपैयाँ एन्फाले ब्यहोरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्