विच सडकमा खानेपानीको पाईप फुटेपछि समस्या, विराटनगर तीन टोलीयावासीद्धारा सडक अवरुद्ध (भिडियो सहित)

विच सडकमा खानेपानीको पाईप फुटेपछि समस्या, विराटनगर तीन टोलीयावासीद्धारा सडक अवरुद्ध (भिडियो सहित)

प्रेम देवान
विराटनगर २५ असार । विराटनगर १० शाहीमार्गका स्थानियवासीले विच सडकमा खानेपानीको पाईप फुटेर पानी जम्यो भन्दै सडक अवरुद्ध पारेका छन् ।
लामो समयदेखी पानी जमेका कारण धेरै दुर्घटनाका भएको भन्दै चाडो निर्माण गर्न भन्दै केही बेर सडक अवरुद्ध पारेका थिए । एक्वापार्क दक्षिण तीन टोली जाने पिच गरिएको बाटोमा खानेपानीको पाईप फुटेका कारण उक्त खाल्डोमा धेरै सवारी साधन दुर्घटनामा परेको स्थानिय सुभाष कोईरालाले बताए ।

आफूहरुले सडक पिच हुनुभन्दा पहिला नै सम्बन्धीत निकायहरुलाई खबर गरे पनि कुनै सुनवाई नगरेपछि आफूहरु वाध्य भएर पोल तेर्साएर सडक अवरोध गरिएको कोईरालाले बताए ।
सडक अवरोध गरेपछि आमसर्वसाधरण तथा सवारी चालकहरुलाई समस्या परेको थियो । उनीहरुलाई उत्त बाटो हिडडुल तथा सवारी चलाउन समस्या भएपछि अन्य सवारी चालकहरुले कडा गुनासो पोखेका थिए ।


स्थानियले वडा कार्यलय , महानगर, खानेपानी, सडक डिभीजन सबैलाई समस्याको बारेमा निवेदन र जानकारी गराउदा कुनै सुनवाई नगरेपछि यसरी आफूहरु वाध्य भएर यो कदप चाल्नु परेको कोईरालाले बताए । यता सयुत्त टोल नगर समन्वय समितिका अध्यक्ष राजेस मास्के र पब्लीक फोरमका उत्तम ढुङगेलले विराटनगरमा विकासका नाममा चरम लापारबाहीको पराकाष्ट भएको यसरी बताए ।


केहीबेर सडक अवरोध भएपछि वडा कार्यलयका वडा सदस्य, प्रहरी, सयुक्त टोल समन्वय समिति विरानगर र स्थानिय विच आगामी आईतबार सम्म फुटेको पाईप जोडी सक्ने सहमतीमा अवरोध गरिएको वाटो खुलाईएको थियो ।

https://www.facebook.com/ourbrt/videos/870881083288146/

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्