डुब्यो विराटनगरको कोशी अस्पताल, तत्काल विकल्प नखोजे ईमरजेन्सीमा पानी पस्ने खतरा

डुब्यो विराटनगरको कोशी अस्पताल, तत्काल विकल्प नखोजे ईमरजेन्सीमा पानी पस्ने खतरा

विराटनगर, २६ असार । 
लगातारको बर्षाका कारण बिराटनगरका धेरै ठाउँ जलमग्न भएको छ । कतिपय ठाउँहरु डुवानमा समेत पर्न थालेका छन् । विराटनगरको दक्षिणी क्षेत्रका केही बस्तीहरुमा पानीको सतह बढेपछि डुवानमा छन् भने बजार क्षेत्रमा पनि पानी जमेको छ ।

बर्षाका कारण कोशी अञ्चल अस्पताल डुबेको छ । रोडको पानी अस्पताल भित्र पस्दा औषधि पसल सहितका प्रशासनिक भवनमा समेत पानी पसेको छ । त्यस्तै ईमरजेन्सी कक्षमा समेत पानी पस्ने अबस्था आएको कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रोशन पोखरेलले जानकारी दिए ।
केहीबेर पानी पर्यो भने ईमरजेन्सी तथा प्रशासनिक भवनको कार्यकक्षमा नै पानी छिर्ने अबस्था आउने उनको भनाई छ । ढलको निकाश नगरी सडक उचो बनाईदिँदा अस्पताल भित्र पानी पसेको हो ।

पानीको निकाश नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या हुँदै आएको छ । ‘उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खालेर अस्पताल भित्र पस्नु पर्ने अबस्था छ, डा पोखरेलले भने, विराटनगर महानगरपालिकाले निकाशको लागि कुनै चासो दिएको छैन ।’
अस्पताल चोकमा रहेको गोल्डेन अस्पतालदेखिको पानी कोशी अस्पतालमा छिरेको छ । ढलको निकाश छैन भने सडकको पानी समेत अस्पतालमा छिर्दा अस्पताल भित्र पानी जमेको छ । विराटनगरमा बिगत तीनदिन देखि बर्षा भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्