बिराटनगर इन्टरनेसनल कलेजबाट यसबर्ष पनि २ जना बिद्यार्थी छात्रवृत्तिमा बेलायत जादै

बिराटनगर इन्टरनेसनल कलेजबाट यसबर्ष पनि २ जना बिद्यार्थी छात्रवृत्तिमा बेलायत जादै

बिराटनगर , असार  २६ ,

बैदेशिक शैक्षिक अनुभवका निम्ति बिद्यार्थीहरुलाई प्रोत्साहन गर्दै आएको बिराटनगरको बिराटनगर  इन्टरनेसनल कलेज (पुर्व मेरिल्याण्ड कलेज बिराटनगर) का बिद्यार्थी यस बर्ष पनि बैदेशिक शैक्षिक भ्रमणमा जाने भएका छन्  । बिगत ४ वर्ष देखि कलेजले हरेक वर्ष कलेजका बिद्यार्थीहरुलाई विदेश भ्रमणको लागि बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको छात्रवृत्ति दिने गरेको छ । यस बर्ष पनि कलेजका २ जना बिद्यार्थी बेलायतको समर क्याम्प २०१९ को लागि जाने भएका छन्। कलेजमा बिगत ६ वर्ष देखि बेलायतको बिबिएम कोर्ष पढाई हुदै आएको छ ।

बिद्यार्थीलाई विश्वविद्यालयले छानेर १५ दिने बेलायत भ्रमणको लागि लगिने कलेजका बिजेनेस डेभलपमेन्लेट प्रमुख बिबेक दाहालले  बताए । दाहालका अनुसार उनीहरुले त्यहाँ छदा अन्य देशबाट आएका बिद्यार्थीहरु सहित विश्वविद्यालयमा बिभिन्न कक्षा लिनुको साथै अन्य  देशका बिद्यार्थीसंग पनि छलफल गर्नेछन्  ।

बिभिन्न अभ्यासबाट छानिएका २ बिद्यार्थी सदिक्षा बास्कोटा र आयुशी आग्रवाल असार २८ गते देखि बेलायतको शैक्षिक भ्रमणमा जाने कलेजका प्रमुख कार्यकारी निर्देशक डा. ऋषिकेश वाग्लेले  जानकारी दिए । साथै उक्त छात्रवृत्तिको सम्पूर्ण बिद्यार्थी छनोट प्रक्रिया बेलायती विश्वविद्यालयले नै गर्ने कलेजले जनाएको छ । बिद्यार्थीहरुको उक्त भ्रमणको सम्पूर्ण खर्च कलेज र विश्वविद्यालयले नै प्रदान गर्नेछ । उक्त शैक्षिक भ्रमणले बिद्यार्थीहरुको आत्मबल, क्षमता र अन्तरास्ट्रिय अनुभब बढाउने कलेजले अपेक्षा राखेको छ ।

कलेजबाट अहिलेसम्म ९ जना बिद्यार्थी बेलायतको भ्रमणमा गइसकेका छन् । बिराटनगरको भृकुटी मार्गमा रहेको कलेजमा हाल ३ सय बढी

बिद्यार्थी बेलायतको डिग्री अध्यानरत रहेका छन् ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा संचालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा बिराटनगर ईन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं .   इटहरी इन्टरनेसनल कलेज र इन्फोम्याटिक्स कलेज पोखरा संचालनमा रहेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्