विराटनगरका सुकुम्बासीको अनुरोध : हाम्रा घर नभत्काइदिन महानगरपालिकालाई आग्रह

<span class='c1'>विराटनगरका सुकुम्बासीको अनुरोध : </span> <span class='c2'>हाम्रा घर नभत्काइदिन महानगरपालिकालाई आग्रह</span>

बिराटनगर २६ असार । ४० बर्षदेखी बस्दै आएका सुकुम्बासीहरुले आफू बसिरहेको घर नभत्काइदिन महानगरपालिकालाई अनुरोध गरेका छन् ।

 

बिराटनगर १ भट्टाचोक देखि पुर्व परोपकार घाट जाने बाटोमा बिगत ४० बर्ष देखि बसोबास गर्दै आएका सुकुम्बासीहरुले बिराटनगरमा पत्रकार सम्मेलन गर्दै सो आग्रह गरेका हुन ।
महानगरपालिकाले परोपकार घाट्को जग्गा अतिक्रमण गरेको कारण सो क्षेत्रमा बसोबास गरिरहेका सात वटा घरपरिवारलाई एक साता भित्रमा खाली गरिदिन गत असार २३ गते पत्रचार गरेको सुकुम्बासीले बताएका छन् ।


पत्रकार सम्मेलनमा बोल्दै सुकुम्बासी जमिर अन्सारी ले आफुहरु बिगत ४० बर्ष देखि सो ठाउँमा बसोबास गर्दै आएकोमा सुकुम्बासी समस्या समाधान आयोगबाट समेत सुकुम्बासी परिचयपत्र प्रदान गरिसकेको अबस्थामा अहिले आएर महानगरपालिकाले आफुहरुलाई उठिबास लगाउन लागि परेको गुनासो गर्नुभयो । यस्तै अर्का पिडित हसिना खातुनले यस्तो बर्खाको बेला आफुहरुलाई मुवाब्जा केही नदिकन घर खाली गराउने आदेश गरेर बालबच्चा को बिजोग बनाउन आटेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्