धोनी रन आउट हुँदा भारतमा बेहोस भएका फ्यानको मृत्यु

<span class='c1'>धोनी रन आउट हुँदा भारतमा</span> <span class='c2'>बेहोस भएका फ्यानको मृत्यु</span>

विश्वकपको उपाधि जित्ने सम्भावना देखिएको भारतीय टोली सेमिफाइनलमा पराजित भएको छ । न्यूजिल्याण्डसँग भारत हारेपछि भारतीय फ्यानहरु निरास भएका छन् भने यसै क्रममा खेलाडीहरुको गल्ती खोज्ने कामले पनि तिब्रता पाएको छ ।

 

खेलको लागि मरिहत्ते गर्ने भारतीयहरुले क्रिकेटलाई खेलमात्र नभएर भावनासँग जोड्ने गरेका छन् । यही स्वभावले बुधबार भारतीय फ्यान श्रीकान्त मैतीको मृत्यु भएको छ । खेलमा न्यूजिल्याण्डले दिएको लक्ष्य पछ्याउने क्रममा भारतका सुरुवाती ब्याटसम्यानहरु धमाधम आउट भएपनि महेन्द्र सिंह धोनी मैदानमा छउन्जेल भारतको आशा जीवितै थियो । उनको विकेट झरेसँगै भारत हारतर्फ लागेको थियो । सम्हालेर खेलिरहेका धोनीलाई न्यूजिल्याण्डका मार्टिन गप्तिलले सिधा थ्रो गर्दै रनआउट पारेका थिए । मोबाइलमा लाइभ हेरिरहेका साइकल पसल संचालक कलकत्ताका श्रीकान्त भारतको आठौं विकेटको रुपमा धोनी आउट भएपछि ढलेका थिए । मुर्छित बनेका उनलाई तत्कालै अस्पताल पु९याएपनि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । अस्वभाविक रुपमा धोनी आउट भएको पिडाले उनलाई आघात पु९याएको बताईएको छ । खेल न्यूजिल्याण्डले १९ रनले जितेको थियो । जितसँगै न्यूजिल्याण्ड फाइनल पुगेको छ भने भारत प्रतियोगिताबाट बाहिरिएको छ ।
– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्