मावाखोलामा आएका बाढीले बगाउँदै गर्दा उर्लावारीमा महिलाको उद्धार

मावाखोलामा आएका बाढीले बगाउँदै गर्दा उर्लावारीमा महिलाको उद्धार

विराटनगर, २६ असार । मोरङको उर्लाबारी नगरपालिका – ६ स्थित मावा खोलाले बगाएकी एक महिलाको बिहीबार दिउँसो प्रहरी र स्थानीयबासीले उद्धार गरेका छन् ।
उर्लाबारी र दमक नगरपालिकाको सीमा भएर बग्ने मावा खोलामा आएको बाढीले बगाएर ल्याएको दाउरा संकलन गर्ने क्रममा सोही ठाउँकी ४६ वर्षीय सुमित्रामाया कुमाललाई खोलाले बगाएको थियो । खोलाले बगाएकी महिलालाई इलाका प्रहरी उर्लाबारीबाट प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाको नेतृत्वमा खटिएको प्रहरीको टोली र स्थानीवासीले उद्धार गरेका हुन् ।
घाइते महिलाको उर्लाबारी– ५ स्थित अरनिको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्