कोशी अञ्चल अस्पताल डुवान क्षेत्रमा शसस्त्र प्रहरीको टोली पुग्यो, पानी निकासको काम शुरु

कोशी अञ्चल अस्पताल डुवान क्षेत्रमा शसस्त्र प्रहरीको  टोली पुग्यो, पानी निकासको काम शुरु

प्रेम देवान
विराटनगर, २६ असार । विराटनगरमा केहीदिन देखि भएको अबिरल बर्षाका कारण विभिन्न स्थान डुवानमा परेका छन् । विराटनगरको दक्षिणी भाग मिल्स एरियाका अधिकांश घरहरुमा पानी पसेको छ । बिराटनगरमा निर्माणधिन विकासको काम ५ बर्षदेखि पुरा नहुँदा यस बर्ष पनि सर्बसाधारणले डुवानको समस्या झेलेका छन् ।
ढल निकास नहुँदा कोशी अञ्चल अस्पताल डुवानमा परेको छ । मंगलबार रातिदेखि परेको वर्षा र पानीको सतह बढेपछि बुधबार र बिहीबार कोशी अस्पतालको परिसर डुवानमा परेको थियो । सडकको पानी अस्पताल भित्र पस्दा औषधि पसलसहितका प्रशासनिक भवनमा समेत पानी पसेर जलमग्न भएको छ ।
लगातारको वर्षा र अस्पताल भित्र पसेको पानीको निकास हुन नसक्दा आकस्मिक कक्ष भित्र पनि पानी पस्न सक्ने खतरा बढेपछि पम्पसेटको माध्यामबाट पानी बाहिर निकालिएको छ । जमेको पानीलाई सशस्त्र प्रहरी र अस्पतालको सुरक्षा गार्डको सहयोगमा पम्पसेटको माध्यामबाट बाहिर निकालिएको हो ।
जमेको पानी निकाल्न सशस्त्र प्रहरी बल ३ नम्बर गढ कंकालिनी मोरङका सई केदार कटुवालको नेतृत्वमा आएको प्रहरी टोलीले कोशी अञ्चल अस्पताल परिसरमा जमेको पानी पम्पसेटबाट निकालिएको थियो ।
ढलको निकास नगरी सडक उचो बनाईदिँदा अस्पताल भित्र पानी पसेको हो । पानीको निकास नहुँदा अस्पतालमा उपचार गराउन आएका सेवाग्राहीलाई समेत समस्या भएको छ । ‘उपचारका लागि आएका बिरामी तथा अस्पतालका कर्मचारी जुत्ता खोलेर अस्पताल भित्र पस्नु पर्ने अबस्था आएको छ, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा रोशन पोखरेलले भने ।
विराटनगरको बजार क्षेत्र निर्माणको चरणमा रहेका कारण पानी पर्दा डुबानमा परेको विराटनगर महानगरपालीकाका मेयर भीम पराजुली बताउँछन् । पानी जमेपछि बजार क्षेत्रमा स्काभेटर प्रयोग गरेर बन्द भएका ठाउँहरु खोल्ने काम भइरहेको उनको भनाइ छ । महानगरपालिका निर्माणको चरणमा रहेकाले सर्तक रहन उनले आग्रह गरे ।
दिउँसो अस्पताल भित्रको पानीको निकासका लागि एकातर्फ सशस्त्र प्रहरीले पम्पसेट लगाएर पानी बाहिर फाल्ने काम भईरहेको थियो भने अर्को तर्फ महानगरपालिकाले डोजर लगाएर नला सफा गर्ने काम गरेको थियो । तर साँझदेखि फेरी बर्षा शुरु भएसँगै पानी जम्ने खतरा उत्तिकै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्