बर्षासँगै मोरङको दक्षिणी क्षेत्रका धेरै ठाउँ डुवानमा, गेउरिया खोलाले बगाएर एकजना बेपत्ता

बर्षासँगै मोरङको दक्षिणी क्षेत्रका धेरै ठाउँ डुवानमा, गेउरिया खोलाले बगाएर एकजना बेपत्ता

विराटनगर, २७ असार ।
मोरङको रंगेलीस्थित दलेली चोक नजिकैरहेको गेउरिया खोलाले डाईभर्सन बगाएको छ । अविरल बर्षाको कारण बाढीले डाईभर्सन बगाएपछि सवारी आवागमन बन्द भएको छ ।

बिहिवार साँझ डाईभर्सन बगाएसँगै मोटरसाईकलमा आएको एक ब्यक्तिलाई सोही खोलाले बगाएर बेपत्ता बनाएको स्थानीय मुरारी पोखरेलले बताए । करिब २५–३० बर्षिय ब्यक्ति रातीदेखि बेपत्ता भएकोले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । वेपत्ता भएका ब्यक्तिको पहिचान भएको छैन ।
लगातारको बर्षाका कारण सिँगिया र बक्राहा खोला आसपासका १ सय ५० बढी बिस्थापित भएका छन् । सुकुम्वासीको रुपमा खोला आसपासमा बस्दै आएका ब्यक्तिहरु बिस्थापित भएकोले उनीहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
त्यस्तै विराटनगरको दक्षिणी भाग पनि डुवानमा परेको छ । रानी आसपासका क्षेत्रमा पानीको सतह बढ्दा बस्ती नै डुवानमा परेको छ । कुनै क्षती नगरेको भएपनि डुवानका कारण सर्बसाधारणलाई समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्