खोटाङमा पहिरोले तीनजना बेपत्ता, सुनसरी–मोरङमा सयबढी परिवार बिस्थापित

खोटाङमा पहिरोले तीनजना बेपत्ता, सुनसरी–मोरङमा सयबढी परिवार बिस्थापित

विराटनगर, २७ असार ।
प्रदेश १ का अधिकांश जिल्लाहरु बर्षाको कारण प्रभाबित भएको छ । झापा, मोरङ, सुनसरी, धनकुटा, खोटाङका जिल्लाहरु बढी प्रभाबित भएका छन् । प्रदेश प्रहरी कार्यालय बिराटनगरले दिएको जानकारी अनुसार तराईका जिल्लाहरुमा डुवान समस्या रहेको छ । मोरङको बुढीगंगा गाउँपालिका र बिराटनगर महानगरपालिकामा बढी प्रभाबित देखिएको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिकाको सिँगिया खोला किनारमा बसोवास गर्ने ५० परिवारका २ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ । बिराटनगर महानगरपालिका वडा नम्बर ८ स्थित सिँगिया खोलाको किनारमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा बाढी पसेपछि उनीहरुलाई सामान सहित सुरक्षित स्थानमा सारिएको छ । उनीहरुलाई वडा प्रहरी कार्यालयले ५० थान त्रिपाल सहित सुरक्षित ठाउँमा सार्ने काम गरेको प्रहरीले जनाएको छ ।
अविरल बर्षाको कारण मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर.७ डंग्राहा स्थित खदाम खोलाको किनारमा बसोबास गर्ने उराउ र सरदारका १३ परिवार बिस्थापित भएका छन् । बाढी बस्तीमा पसेपछि १३ परिवारलाई नजिकैमा रहेको श्री प्रगतिशिल बिद्यालयको पुरानो भवनमा सारिएको छ । सुन्दरहरैचा नगरपालिका वडा नं.१ लक्ष्मीपुरमा पनि २ परिवार बर्षाको कारण बिस्थापित भएका छन् । घरमा पानी पसेपछि उनीहरु स्थानीयको सरणमा गएका छन् ।
त्यस्तै बर्षाको कारण सुनसरीको हरिनगरा गाउँपालिका ५ सुकसेना टोलमा बसोबास गर्ने ६० परिवार बिस्थापित भएका छन् । अबिरल बर्षा भई रहेकोले गाउ नै डुबान हुनसक्ने सम्भावना रहेकोले ति परिवारलाई सुरक्षा बेश क्याम्प बसन्तपुरबाट गएको प्रहरीको टोलीले हरिनगरा गाउँपालिका ४ मा रहेको श्री माबि स्कुल बसन्तपुरमा स्थान्तरण गर्ने काम भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

खोटाङमा पहिरोले तीनजना बेपत्ता, एकजनाको उद्दार
गएराती खोटाङमा एकै परिवारका चार जनालाई पहिरोले पुरेको छ । खोटेहाङ गाउँपालिका २ बाक्पचाङ गोपिनिमा एकै परिवारका ४ जना सुतिरहेको अबस्थामा पहिरोले पुरेको हो । स्थानीय निर कुमार राईको छोरा बर्ष ३० को बिष्णु कुमार राईको घरमा राती एक्कासी पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरोमा परेका घरधनी बिष्णु कुमार राईलाई घाईते अबस्थामा उद्दार गरेका छन् भने उनकी श्रीमती र दुई छोरा अझै वेपत्ता छन् । पहिरोमा पुरिएका अन्य ब्यक्तिको खोजतलास भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरका एसएसपी किशोर कुमार दाहालले बताए । पुरिएका अन्य ब्यक्तिको उद्दारका लागि जिल्ला प्रहरी कार्यालयबाट टोली घटना स्थलमा गएको दाहालले बताए ।
अबिरल बर्षाका कारण खोटाङकै दिप्रुङ गाउँपालिका ४ तुवाखोलाले राजेन्द्र राईको घर र खेत बगाएको र गणेश बि.क.को खेत पनि बगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्