इटहरी–विराटनगर खण्डको बुढीखोलाको पुल जोखिममा, एकतर्फी सवारी संचालन

इटहरी–विराटनगर खण्डको  बुढीखोलाको पुल जोखिममा, एकतर्फी सवारी संचालन

विराटनगर, २७ असार । इटहरी–विराटनगर खण्डको दुहवीमा सुनसरी मोरङ जोड्ने बुढीखोलाको पुल जोखिममा परेको छ । लगातारको वर्षाका कारण बुढीखोलामा आएको बाढीले पुलको सुनसरी पट्टीको भाग कटान गरेपछि पुल जोखिममा परेको हो ।

पुल जोखिममा परेपछि बिहानबाटै एक तर्फमात्रै गाडी चलेका छन् । पुलमा रातो झण्डा गाडेर खतराको संकेत देखाइएको छ । यसैगरी सुनसरीको प्रसिद्ध धार्मिकस्थल बराहक्षेत्र मन्दिर जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्