एति एयरलाईन्सको जहाज काठमाडौँमा चिप्लिएपछि पाँचवटा जहाज बिराटनगरमा होल्ड

एति एयरलाईन्सको जहाज काठमाडौँमा चिप्लिएपछि पाँचवटा जहाज बिराटनगरमा होल्ड

विराटनगर, २७ असार ।
विराटनगर बिमानस्थल बिहान १० बजेदेखि उडान अबरुद्ध भएको छ । काठमाडौँमा एति एयरलाईन्सको जहाज चिप्लिएपछि बिराटनगरबाट हुने उडानहरु अबरुद्ध भएको हो ।

काठमाडौँमा पानी परिरहेको कारण चिप्लिएको जहाजलाई निकाल्न समस्या भएकोले बिराटनगरबाट हुने उडान अबरुद्ध भएको नागरिक उड्ययन प्राधिकरण बिराटनगरका प्रमुख टेकनाथ सिटौलाले जानकारी दिए । विहान करिब १० बजेसम्ममा विराटनगर आईपुगेका जहाजहरु फर्किन नसकेका हुन् ।
उनका अनुसार विहान उडेर आएका ५ वटा जहाज अहिले विराटनगर बिमानस्थलमा नै रहेका छन् । श्री एयरलाईन्सका २ जहाज, नेपाल एयरलाईन्स, बुद्ध एयरलाईन्स र एतिका एक/एक गरी पाँचवटा जहाजहरु विराटनगर बिमानस्थलमा होल्ड भएका हुन् ।
२७ असार, काठमाडौं । धावनमार्गबाट चिप्लिएको यती एयरलान्सको विमानका कारण त्रिभुवन विमानस्थल अझै अवरुद्ध छ ।
कठमाडौँको त्रिभुवन बिमानस्थल कार्यालयले २ बजेसम्म विमान हटाइसक्ने जनाएको भएपनि अहिलेसम्म हटाउने काम सकिएको छैन । विमानलाई धावनमार्ग छेउबाट हटाउनका लागि विमानस्थल कार्यालय, प्रहरी र यती एयरलाइन्सको टीमले काम गरिरहेको छ । तर विमानलाई सुरक्षित रुपमा घाँसे मैदानबाट बाहिर निकाल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्