बिराटनगरको मेरिल्याण्ड कलेजको पढाई बेलायतको विद्यार्थीको भन्दा उत्कृष्ट- उपकुलपति लेयर

बिराटनगरको मेरिल्याण्ड कलेजको पढाई बेलायतको विद्यार्थीको भन्दा उत्कृष्ट- उपकुलपति लेयर

बिराटनगर असार २७ । बेलायत स्थित वल्भरह्यामटन विश्वविद्यालयका उपकुलपति प्रा. जियोफ लेयरले नेपालमा सम्बन्धन प्राप्त दुई कलेजले उत्कृष्ट शिक्षा दिएको बताएका छन् ।

विश्वका करिब १२ देशका कलेजलाई सम्बन्धन दिएको विश्वविद्यालयले काठमाडौको हेराल्ड र विराटनगरको मेरिल्याण्ड कलेज बिराटनगरको शिक्षा वल्भरह्यामटन विश्वविद्यालयमा पढ्ने विद्यार्थीको भन्दा उत्कृष्ट रहेको दाबी गरे ।हेराल्ड कलेजको अवलोकन भ्रमणमा आएका उपकुलपति जियोफले कलेजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालको दुई कलेजको पढाइले विश्वविद्यालयको सान बढेको बताए ।

उनले भने, ‘वेलायतका डिग्री विश्वमै प्रख्यात छ । हामीले विदेशका कुनैपनि कलेजलाई सम्बन्धन दिदा कलेजको बारेमा अध्ययन गरेर मात्र दिन्छौ ।’ फरक प्रसंगमा उनले भने, ‘उत्कृष्ट विश्वविद्यालय बन्न एउटा मात्रै कोर्षमा फोकस नगरी प्रयोगात्मक शिक्षामा जोड दिनुपर्ने, पढाउने मात्र नभै भविष्य र समाजप्रति उत्तरदायी हनुपर्ने, अनुसन्धान र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने, राम्रो परीक्षाफल हुनुपर्छ ।’

कलेजका विद्यार्थीसंग अन्तक्रिया गर्न नेपाल आएका उपकुलपति प्रा. जियोफले नेपाली विद्यार्थीहरु पढाइप्रति सम्वेदनशिल रहेको बताए । उनले अनुसन्धानमा आधारित पढाई वर्तमान समयको आवश्यकता रहेको उल्लेख गरे ।

विराटनगरको मेरिल्याण्ड कलेजमा भने बिबिएम विषयमा कक्षा संचालन भैरहेको छ । सन २०१४ देखि उक्त कलेजमा पढाई शुरु भएको हो । कलेजमा ३ सय ५० विद्यार्थी अध्ययन गरिरहेका छन् ।

आइएनजी ग्रुपले संचालन गरेको दुवै कलेजको शिक्षाको बारेमा जानकारी गराउँदै ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले यहा अध्ययनरत विद्यार्थीले नेपालको सरकारी निकाय, उत्कृष्ट ब्यापारिक प्रतिष्ठानमा रोजगार पाइरहेको बताए ।

अध्यक्ष बुढाथाकीले वेलायती शिक्षाले गर्दा नेपाली विद्यार्थीमा स्वअध्ययन बढेकोले विश्वविद्यालयले नेपालका दुई कलेजको प्रशंसा गरेको बताए । बेलायती शिक्षालाई विश्वभर विश्वसनीय शिक्षाको रुपमा हेर्ने गरेकै कारण यो विश्वविद्यालयबाट सबन्धन पाएर कक्षा संचालन गरिरहेको उनको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्