रबिन्द्र बराल,
रंगेली, २७ असार ।
मोरङको रतुवा खोला बाँध फुटाएर गाउँ पसेको छ । मंगलबारेबाट खोला बाँध फुटाएर गाउँ पसेको हो । खोला गाउँपसेपछि ४० घर डुवानमा परेका छन् । हरेक बर्ष यसै ठाउँबाट खोला गाउँ पस्दै आएकोमा यो बर्ष पहिलो बर्षामा नै बाँध फुटेको स्थानीयले बताएका छन् । खोला बाँध फुटाएर गाउँ पसेपछि स्थानीय त्रसित भएका छन् । मंगलवारेबाट फुटेको बाँधले रंगेली–विराटनगर सडक सडकखण्डमा आउजाउमा समस्या भएको छ ।