विराटनगरमा स्थानीयको कुटपिट पछि घाईते भएका ब्यक्तिको मृत्यु, आफन्तले शव उठाउन मानेनन्

विराटनगरमा स्थानीयको कुटपिट पछि घाईते भएका ब्यक्तिको मृत्यु, आफन्तले शव उठाउन मानेनन्

विराटनगर, २७ असार ।तीन जना वडा अध्यक्षको रोहबरमा कुटिएका एक व्यक्तिको मृत्यु भएको भन्दै मृतकका आफन्तले शव सहित विरोध जनाएका छन् । विराटनगर–१४ जतुवाका समानन्द यादवलाई गत जेठ ३२ गते एक समूहले मरणसन्न हुने गरी कुटपिट गरे । कुटपिटपछि यादवको गएराती मृत्यू भयो । मृतकका आफन्तहरुले कोशी अञ्चल अस्पतालको मुख्य प्रवेशद्धारमा एक घन्टा सडक जाम गरे । घटनामा संलग्न ब्यक्तिहरुलाई पक्राउ गरी कारबाही नगरेसम्म मृतकको शव नबुझ्ने भन्दै मृतकका आफन्त आन्दोलित भएका हुन् ।
घटना भएको लामो समय वितिसक्दा समेत प्रहरीले अभियुक्तहरुलाई पक्राउ गर्न आनाकानी गरेको मृतकका आफन्तको आरोप छ । मृतकका छोरा राजेश यादवले अभियुक्तहरुलाई पक्राउ गरि करबाही नचलाउँदासम्म शव नबुझ्ने बताए । यादवलाई कुटपिटको आरोप लागेका तीनै जना सहित वडा अध्यक्षविरूद्ध निवेदन दर्ता गरिएको भएपनि उनीहरू पक्राउ नपरेको यादवको आरोप छ ।
विराटनगर–१४ का वडा अध्यक्ष बालदेव यादवको घरमा भेला भएका स्थानीयबासीको समूहले आफ्नो बाबुलाई बेहोश हुने गरी कुटेको छोरा राजेशको भनाई छ ।
आफुले रोजेको केटीसंग छोरोले विवाह गर्न नमानेपछि विराटनगर महानगरपालिकाका वडा अध्यक्ष बलदेव यादवको घरमा भएको पंचयतीको क्रममा उनलाई कुटपीट गरिएको पीडित पक्षको आरोप छ ।
पीडित परिवारले विराटनगर–१४ का वडा अध्यक्ष यादवसहित १८ का वडा अध्यक्ष संजय साह र जहदा गाउँपालिका–१ का वडा अध्यक्ष प्रदीप यादवकै अगाडि कुटपिट भएको प्रहरीमा उजुरी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्