लगातारको बर्षाका कारण मोरङको जनजीवन प्रभाबित, कटहरी र बिराटनगर बढी प्रभाबित

लगातारको बर्षाका कारण मोरङको जनजीवन प्रभाबित, कटहरी र बिराटनगर बढी प्रभाबित

विराटनगर, २७ असार ।
लगातारको बर्षाका कारण मोरङ जिल्लाका धेरै ठाउँ प्रभावित भएको छ । विशेष गरेर विराटनगर महानगरपालिका, बुढीगंगा, कटहरी र जहदा गाउँपालिका बढी प्रभावित भएका छन् ।
लोहन्द्र खोला भरिएर बाढी गाउँ पस्दा कटहरीका धेरै बस्ती डुबानमा परेका छन्। डुबान क्षेत्रका प्रभाबितहरुलाई सुरक्षित ठाउँमा सार्ने काम भईरहेको छ ।
उनीहरुलाई स्कुल, अग्ला स्थान, सामुदायिक भवन, मन्दिर, सार्वजनिक र सुरक्षित स्थलमा राख्ने काम भएको मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले जानकारी दिनुभयो ।

विराटनगर महानगरपालिकाको १, ६, ८, १२ र १६ नम्बर सबै भन्दा बढी प्रभावित बनेका छन् । यी वडाहरुमा खोला गाउँ पसेका छन् । बाढी गाउँपस्दा सुकुम्बासी बस्ती बढी प्रभावित भएका छन् । यी वडाका अधिकांश सुकुम्वासीका घरहरुमा पानी डुबेका छन् । कटहरीको १, २, ३, ४ नम्बर वडाका अधिकांश बस्ती डुबानमा परेको छ । कटहरी र धनपालथानको सीमाना भएर बग्ने लोहन्द्रा खोलामा आएको बाढी बस्तीमा पसेपछि डुवान भएको हो ।

पानीको सहत बढेसँगै लोहन्द्रा खोलो गाउँ पसेपछि सयौं परिवार असुुरक्षित बनेका छन् । खोलाले बगाएर ल्याएको झ्यासले कटहरी र धनपालथान जोड्ने पक्की पुल थुनिने सम्भावना बढेपछि एक्साभेटरले खोल्ने काम भएको छ ।
मोरङमा बाढीबाट सात सय ५० बढी परिवार प्रभावित भएका छन् । शुक्रबार साँझसम्ममा सात सय ५० परिवारका दुई हजार पाँचपय जना प्रभाबित भएको प्रमुख जिल्ला अधिकारी केसीले बताउनु भयो ।
त्यस्तै मोरङ हुँदै झापा लगिने १३३ किलोभोल्टको बिद्युत प्रसारणको हाईटेन्सन लाईनको पोललाई लोहन्द्रा खोलाले बगाउन लागेपछि कटानलाई रोक्ने प्रयास थालिएको छ । यो हाईटेन्सन लाईनको पोल ढले झापामा बिद्युत अबरुद्ध हुने भएपछि आन्तरिक मामिला तथा कानुन मन्त्री , आर्थिक मामिला तथा योजना मन्त्री र डिआईजी सहितको टोलीले त्यहाँको अबस्थाको बारेमा निरिक्षण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्