विराटनगरको जेनिथ कलेजका विद्यार्थीले जिते मार्केटिङ एक्सिलेन्स अवार्ड

विराटनगरको जेनिथ कलेजका विद्यार्थीले जिते मार्केटिङ एक्सिलेन्स अवार्ड

विराटनगर असार २८,  विराटनगरको जेनिथ इन्टरनेशनल कलेजले नेपालभरीका कलेजलाई उछिन्दै मार्केटिङ एक्सिलेन्स अवार्डको फस्ट रनरअप उपाधि जितेको छ । वल्र्डलिंक कम्युनिकेशनले काठमाडौंमा आयोजना गरेको ‘मार्केटिङ एक्सिलेन्स कम्पिटिसन २०१९’ मा जेनिथका विद्यार्थीहरूले उपाधिसहित एक लाख रूपैयाँ जितेका छन् ।

 

विद्यार्थीहरूले बजारमा चलिरहेका इन्टरनेट कम्पनी र उनीहरूले बेच्दै आएका विभिन्न ब्रोडब्याण्ड प्याकेजहरूको प्रभावकारिता अध्ययन गरी नयाँ प्याकेजहरू निर्माण गरेका थिए । बाणिज्य संकायमा अध्ययन गर्ने उनीहरूले तल्लो तहमा गएर बजार व्यवस्थापनको वास्तविकता अध्ययन गरेका थिए ।

प्रतियोगितामा नेपालभरीका २० वटा कलेजमध्ये फाइनलका लागि आठवटा कलेज भिडेका थिए । काठमाडौं बाहिरका मात्रै १२ वटा कलेज छानिएकोमा जेनिथले फस्ट रनरअप जितेको सहभागी विद्यार्थी तनुज चौधरीले बताए । प्रदेश १ मा जेनिथसहित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए ।

बजारमा कस्तो इन्टरनेट चलिरहेको छ र कस्ता उत्पादन विक्री हुन सक्छन् भन्ने अध्ययन गरी प्रतिस्पर्धामा भाग लिएको विद्यार्थी स्वेता श्रेष्ठ मास्केले बताइन् । उनले आफ्नो समूहले तयार पारेको प्रतिवेदनका आधारमा फस्ट रनरअपको उपाधी प्राप्त गरेको जानकारी दिइन् ।

विराटनगरको १९ वटै वडामा रहेका इन्टरनेट प्रयोगकर्तालाई भेटेर तयार पारेको प्रतिवेदन तनुज र स्वेतासहित सिद्धार्थ पोद्दार, सोनम यादव र राजु गुप्ताले समूह बनाएर प्रस्तुतिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्