समुदायमा आधारित पुनः स्थापना कार्यक्रमको विराटनगरमा समिक्षा शुरु, १२ जिल्ला सहभागी

समुदायमा आधारित पुनः स्थापना कार्यक्रमको विराटनगरमा समिक्षा शुरु,  १२ जिल्ला सहभागी

विराटनगर, २८ असार । समुदायमा आधारित पुनः स्थापना कार्यक्रम अन्तरत प्रदेश १ भित्र काम गर्ने संघ संस्थाहरुको समिक्षा शुरु भएको छ । १४ जिल्लामा अपाङ्गताका क्षेत्रमा काम गर्ने संघ संस्थाका प्रतिनिधिहरु, अपाङ्गता भएका ब्यक्तिसँग २ दिने समिक्षा शुरु भएको हो । अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्षमा अपाङ्गताको क्षेत्रमा बिनियोजित भएको बजेट अनुसार कार्यक्रम कार्यान्वयनको प्रक्रिया, उपलब्धि तथा जटिलताको बारेमा समिक्षा गरिने छ । उनीहरुले के कस्ता कामहरु गरे भन्ने समेत जानकारी दिनु पर्नेछ ।

सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा ति संघ संस्थाले सामुदायिक स्तरमा के कस्ता कामहरु गरेका छन् यस बारेमा मन्त्रालयलाई जानकारी गराउने छन् । कार्यक्रममा काम गर्ने सन्दर्भमा देखिएका समस्याको पहिचान गर्दै त्यसलाई समाधान गर्ने उपायको बारेमा समेत छलफल हुने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखाकी महिला विकास अधिकृत पुष्पलाता उप्रेतीले जानकारी दिईन् ।
उनका अनुसार, कार्यक्रममा प्रदेश १ का सोलुखुम्बु र तेह्रथुम जिल्ला बाहेकका १२ जिल्लाका अपाङ्गताको क्षेत्रमा काम गर्ने ब्यक्तिहरुको सहभागीता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास मन्त्रालयका सचिव हरिप्रसाद दाहालले सामुदायमा आधारित पुन स्थापना केन्द्र आफैमा राम्रो कार्यक्रम रहेको बताउँदै यसलाई ब्यवस्थित गर्नुपर्ने बताए । अपाङ्गताको बिषय संवेदनशिल रहेको उल्लेख गर्दै सामाजिक विकास मन्त्रालयले अपाङ्गताको क्षेत्रलाई पनि प्राथमिकतामा राखेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्