पहिलो प्रादेशिक रोजगारमेला आज बिराटनगरमा हुँदै, रोजगारीका लागि पाँच हजारले फर्म भरे

पहिलो प्रादेशिक रोजगारमेला आज बिराटनगरमा हुँदै, रोजगारीका लागि पाँच हजारले फर्म भरे

विराटनगर, २८ असार ।
पहिलो प्रादेशिक रोजगार मेला आज बिराटनगरमा हुँदैछ । सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने रोजगार मेलामा ५ हजार ६० जनाले रोजगारीको लागि आबेदन दिएका छन् । बेरोजगार भएर भौतारिनु परेको भन्दै बिभिन्न समयमा आउने गुनासालाई सम्बोधन गर्न भन्दै मेलाको आयोजना गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशका बिभिन्न औद्योगिक प्रतिष्ठान तथा ब्यवसायीक क्षेत्रमा एक हजार ४ सय ३७ जनाको माग आएको छ । सबै भन्दा बढी मिलिङ म्यान वेबिङ अपरेटर काष्टिङ वक्र्स स्मानईनर अपरेटरको माग रहेको छ । त्यस्तै सेक्युरिटि गार्ड, बिषय शिक्षक, सुपरभाईजर तथा लुम अपरेटर, लेखापाल, डिजाईन मास्टर, बिद्यालयको प्रिन्सीपल, उद्योगका लागि म्यानेजर, मेकानिकल ईन्जिनियर र स्टाफ नर्स समेतको माग आएको सामाजिक विकास मन्त्रालयका श्रम तथा रोजगार शाखा प्रमुख सदानन्द भट्टराईले जानकारी दिनुभयो ।
मेलाबाट न्युनतम पनि ५ सयले रोजगारी पाउने मन्त्रालयको भनाई छ । आएका मागका आधारमा रोगजारीका लागि फर्म भरेकाहरुका बिचमा रोजगारीको तालमेल नमिल्दा समस्या हुनसक्ने मन्त्रालयको भनाई छ । रोजगारीका लागि प्रदेश १ का १२३ वटा स्थानीय तहबाट युवा बेरोजगारले फर्म भरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्